एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धता पूरा गर्नुपर्छ

२ भदौ, न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चाचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका छन् ।

विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए ।

उनले एसडीजी प्रोत्साहन प्याकेजमार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले कोभिड-१९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनाव जस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्धार योजना जरुरी रहेको बताए ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै उनले यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औंल्याए ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुले स्वदेशी स्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए ।

उनले यसका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता गरेको दोहा कार्ययोजनालाई स्वीकार गर्न आग्रह गरे ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?