देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएको बताएका छन । उनले देउडा राष्ट्रियकरण भइसकेको बताउँदै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक भएको समेत बताउनु भएको छ ।


“हाम्रो संस्कृति, हाम्रो पहिचान” ले कैलालीमा आयोजना गरेको देउडा कार्यक्रममा बोल्दै ‘सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउदले भने, “देउडा सुदूरपश्चिमको पहिचान हो, यो राष्ट्रियकरण भइसकेको छ । प्रधानमन्त्रीज्यूले गौरालाई राष्ट्रिय चाडको रुपमा मनाउने निर्णय गर्ने प्रतिवद्धता जनाइ सक्नुभएको छ । अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।”
सुदूरपश्चिममा फरकफरक संस्कृति भएपनि एक अर्कालाई सम्मान गरिरहेको मन्त्री साउदले बताए । पहाड र तराईमा फरकफरक संस्कृति भएको भएपनि एकले अर्कालाई सम्मान गरिरहेको बताए । मन्त्री साउदले संस्कृति बलियो भएमात्रै राज्य बलियो हुने भन्दै भने, “यहाँ फरकफरक संस्कृति छ, पहाडले तराईको संस्कृतिलाई सम्मान गरेको छ । तराईले पहाडको संस्कृतिको सम्मान गरेको छ । यही हो हाम्रो पहिचान हो । संस्कृति बलियो भएमात्रै राज्य बलियो हुन्छ ।”
सुदूरपश्चिम प्रदेशमा हिमाल, पहाड र तराईमा फरकफरक संस्कृति भएपनि बलियो एकता भएको समेत बताए । “हिमाल तथा पहाड र तराईमा रहनसहन र संस्कार र संस्कृति फरक छ तर बलियो एकता छ । यो नै हाम्रो पहिचान हो” मन्त्री साउदले भने । उनले सांस्कृतिक एकता खलबलिए समाज नै तहसनहस हुने समेत बताए ।
कार्यक्रममा बोल्दै मन्त्री साउदले विश्वभर छरिएर रहेका नेपालीमाझ देउडा संस्कृति पुर्याउनु पर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सबै समुदायका चाड पर्व तथा संस्कृतिलाई सम्मान गर्दै समान संरक्षण सम्वर्धन गर्ने प्रतिवद्धता समेत जनाए ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?