(निड्स) नेपाल नामक संस्थाले खोला अतिक्रमण गरि तटवन्ध गरे पछी बाढी वस्तिमा पसेको आरोप

वर्षात शुरु भए संगै तराईका जिल्लाहरुमा बाढीले घर खेत डुवानमा पर्ने जोखिम बढ्दै गएको पाईन्छ । अवैध रुपमा खोला अतिक्रमण र चुरे दोहनका कारण वर्षेनी यो समस्या बढ्दै गएको हो ।
सुदुरपश्चिमका विभिन्न पहाडि जिल्लाहरु बाट बसाई सरी आउनेहरुको संख्या बढ्दै गएको कारण तराईको खेति योग्य जमिन वर्षेनी घटदै गएको छ भने जनघनत्व बढ्दै गएको पाईन्छ । यसको फस्वरुप तराईका विभिन्न जिल्लाहरु जस्तै कञ्चनपुरमा पनी सरकारी जमिन , खोला नाला तथा वन जंगल अतिक्रमण हुनु सामान्य जस्तै भएको छ । खोला अतिक्रमण गरि निजिकरण हुदा बाढी वस्ति पस्न थालेको छ । केहि दिन अगाडि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर २ र १८ को विचमा रहेको सुख्खा खोलामा धेरै ठुलो बाढी आयो । कहिले घर भित्र नपस्ने बाढीले घर नै डुवानमा परे पछी स्थानीयहरुले खोला अतिक्रमण गरि तटवन्ध निर्माण हुदा बाढी वस्ति पसेको आरोप लगाउन थालेका छन । सामान्य नागरिकहरुले खोला अतिक्रमण गरेको कुरा अव सामान्य लाग्न थाले पनी बाढी पिडित तथा विपन्न समुदायको हक अधिकारका लागी लामो समय देखि काम गर्दै आएको भीमदत्त नगरपालिका वडा नम्वर १८ मा रहेको राष्टीय वातावरण तथा सम विकास समाज (निड्स) नेपाल नामक संस्थाले आफ्नो भवन जोगाउन खोला अतिक्रमण गरि तटवन्ध गरे पछी बाढी वस्तिमा पसेको आरोप लागेको छ । अरुलाई समेत सहि बाटोमा हिड्न सिकाउने सामाजिक संस्थाले नै खोला अतिक्रमण गर्दा स्थानीयहरुमाथी अन्याय भएको भीमदत्त नगरपालिका वडा नम्वर २ का स्थानीय हरिष प्रसाद जोशीले वताउनु भएको छ ।
राष्टीय वातावरण तथा सम विकास समाज (निड्स) नेपालले खोलानै मिचेर तटवन्ध गर्दा बाढी वस्ति पसेको स्थानीय दुर्गा जोशीले वताउनु भयो । बाढी वस्ति पस्दा संस्थामा गुहार समेत गरेको वताउदै उहाले निड्स नेपालका हाकिमले कट्टा लगाएर बाढी रोक्न सुझाव दिएको र समय समयमा आएर फोटो खिचेर लैजाने वाहेक केहि सहयोग नगरेको समेत उहाले वताउनु भएको छ ।
यता राष्टीय वातावरण तथा सम विकास समाज (निड्स) नेपालका संस्थापक भवराज रेग्मीले भने आफुहरुले कुनै खोला अतिक्रमण नगरेको दावी गर्नु भएको छ । आफुहरुले पुरानै तटवन्धको माथी पर्खाल लगाएको भए पनी स्पर निर्माण नभएको हुदा अलि खस्केर अतिक्रमण भएको जस्तो देखिएको उहाले वताउनु भएको छ ।


यस विषयमा भीमदत्त नगरपािलकाका प्रवक्ता महेन्द्र खड्काले अध्ययन गरेर अतिक्रमण भएको भए नगरपािलकाले नापनक्सा गरि अतिक्रमण हटाउन पहल गर्ने वताउनु भएको छ । कुनै व्यक्त िवा संघ सस्था पसले भए पनी सार्वजनीक स्थानहरु अतिक्रमण गर्न नपाउने भन्दै यसको लागी नगरपािलकाले अतिक्रमण हटाउने समेत वताउनु भएको छ ।


पछिल्लो समय वन जंगल विनास, खोलानाला अतिक्रमण तथा चुरे दोहनका कारण तराईका जिल्लाको मानव वस्ति जोखिममा परेको छ । यस वियायमा सरोकारवाला निकाय समयमै सचेत भएन भने यसले भविष्यमा ठुलो दुर्घटना हुने निश्चित हुदा समयमै यसको निकास खोज्नु जरुरि देिखएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?