भीमदत्त नगरपालिकाले उपप्रमुख निलम लेखकले भारतमा हत्या गरिएका भीमदत्त नगरपालिका वडा नम्वर १३ का स्वर्गिय कालू रावतका परिवारलाई खाद्यान्न लगायतको आर्थीक सहयोग गर्नु भएको छ ।
घरको आर्थिक अवस्था कमजोर भए पछी रोजगारीको शिलसिलामा भारतको दिल्लीमा रहेका रावतको केहि दिन अगाडि भारतको राजधानी दिल्लीमा अज्ञात सुमह द्धारा धारिलो हतियार प्रयोग गरि हत्या गरिउको थियो । घरको एक मात्र ककमाउने व्यक्तीको मृत्यु पछी घरमा श्रमिति ज्योति रावत संगै तिन छोरा र तिन छोरीको दयनिय अवस्था भएको जानकारी पछी भीमदत्त नगरपालिकाले उपप्रमुख निलम लेखकले घर धान्न र केहि दिनको छाक टार्न सहज होस भनेर खाद्यान्न सहयोग गर्नु भएको हो ।
हाललाई सानो सहयोग गरिएको भए पनी आगामी दिनमा समेत उहाको परिवारलाइृ सक्दो सहयोग गर्ने र यसको लागी नगरपालिकाको तर्फ बाट हुने सहयोगको लागी आफु सधै प्रतिवद्ध रहेको उहाले वताउनु भयो । उप्रमुख लेखकले नगर भित्र रहेका विपन्न समुदायका व्यक्तीहरुलाई समय समयमा आफुले पाउने तलव भत्ता बाट आर्थीक सहयोगका साथै औषधी उपचारका लागी सहयोग गर्दै आउनु भएको छ ।