कृष्णपुर नगरपालिकाले मछेलिमा यसरी बगायो १० लाख, अनियमिताको आशंका

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मछेली नदीको धार परिर्वतनका लागि खर्च गरेको बजेट बालुवामा पानी हाले जस्तै भएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा २०७९/८० मा नदी कटान रोक्न नदीको धार परिर्वतन गर्ने योजना कार्यान्वयन गरेको थियो । जस अन्र्तगत मछेली नदीको (डोण्डा पुल) उत्तरपट्टी खोला सफा गरिएको छ । नदीलाई मध्य भागबाट बगाउन पालिकाले त्यहाँको खोलामा रहेको ग्राभिल हटाईएको छ ।
जसका लागि नगरपालिकाले १० लाख रुपयाँ खर्च गरेको बताईन्छ । तर वर्षात सुरु भएसँगै मछेली नदी बस्तीतिर नै बगेको छ । कृष्णपुर नगरपालिका–२ को मुक्त कमैया बस्ती नदी कटानको उच्च जोखिममा रहेको छ । नदी बस्ती भएरै बग्न थालेपछि स्थानीय त्रसित बनेका छन् । नदी पुरानै धारमा बग्न थालेपनि स्थानीयले धार परिर्वतनका लागि गरिएको खर्च औचित्यहिन भएको बताएका छन् । श्रोतका अनुसार नगरपालिकाले योजना टुक्राएर कोटेसनमार्फत तटबन्ध निर्माण र नदीको धार परिर्वतनका लागि लाखौँ बजेट खर्च गरेको हो ।
नगरपालिकाले नदीको बहावको वैज्ञानीक अध्ययन नै नगरि हचुवाका भरमा धार परिर्वतनको नाममा बजेट खर्च गरेको स्थानीयको आरोप छ । पालिकाले अघिल्लो आर्थिक वर्षमा पनि नदीको धार परिर्वतन गरेको र उत्त योजना प्रभावकारी नहुदाँ पुनः सोही योजनामा लाखौा बजेट खर्च गर्न काम भएको स्थानीयको आरोप छ ।
अघिल्लो आर्थिक वर्षमा पनि धार परिर्वतनको नाममा बजेट खर्च गरिएको बताउँदै एक स्थानीयले भने ‘अघिल्लो वर्ष पनि धार परिर्वतनको योजना प्रभावकारी भएन्, त्यसबाट सिक्नुपर्नेमा गत वर्षमा पनि बजेट सक्ने काम भयो तर नदी बस्ती तिरै बगेकाले बाढी आउँदा बस्ती सधैँ जोखिम पर्ने गरेको छ ।’ त्यस्तै स्थानीय हर्क महतले नदीका कारण बस्ती सधैँ जोखिममा रहेको बताए । उनले नदीको धार परिर्वतनको योजना प्रभावकारी नभएको भन्दैँ तटबन्ध निर्माण गरिनुपर्ने माग राखे ।
कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले उक्त योजना नगरपालिकाबाटै कार्यान्वयन गरिएको बताए । उनले नगरपालिकाबाट काम भएकाले योजनाबारे आफुलाई कुनै जानकारी नभएको दावि गरे ।
त्यस्तै नगरपालिकाको योजना तथा प्राविधिक शाखाले जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस अनुसार काम गरेको जनाएको छ । पालिका एक कर्मचारीले समितिका सिफारिसमा १० लाखको कोटेसनमार्फत योजना सम्पन्न गरिएको बताए । उनका अनुसार नगरपालिकाले नदीको धार परिर्वतनका लागि करिब १२ सय मिटर खोला खनेको हो । गत आर्थिक वर्षमा नगरपालिकाले मितव्ययिता नअपनाई मनोमानी तरिकाले खर्च गरेको आरोप लागेको छ । नदीको धार परिर्वतन गर्ने योजनामा पनि बजेट अनुसार काम नभएका भन्दैँ स्थानीयले आशंका व्यक्त गरेको छन् ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?