भीमदत्त नगरपालिकामा उपप्रमुख गरिव विपन्न सहयोग कार्यक्रम सञ्चालन

भीमदत्त नगरपालिकाले उपप्रमुख गरिव विपन्न सहयोग कार्यक्रम मार्फत पालिका भित्र रहेका गरिव, विपन्न, अशाहाय तथा अपाङ्खता भएका व्यक्तीहरुको लागी विभिन्न कार्यक्रमहर सञ्चालन गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरभित्र रहेका अति विपन्न परिवारहरुको पहिचान गरि उनीहरुलाई विभिन्न सहयोग गर्दै आएको छ । उपप्रमुख निलम जोशीले नगर भित्र रहेका दलीत, गरिव, अशाहाय तथा अपाङ्खता भएका व्यक्तीहरुको घर घरमा पुगेर उनहिरुको समस्या बुझ्दै आवश्यक्ताका आधारमा सहयोग गर्दैै आउनु भएको छ । उपप्रमुख जोशीले उपप्रमुख गरिव विपन्न सहयोग कार्यक्रम सञ्चालन गरि भीमदत्त नगर पालिका भित्रका अति विपन्न तथा अपाङ्खता भएका १२ परिवार को घर मर्मत तथा खरको छानो विस्तापित गर्न जस्ता उपलव्ध गराउनु भएको छ । वर्षौ देखी खरको छानोमा बस्नु पर्दा वर्षातको समयमा साह्रै समस्या हुने हुदा अहिले खरमुक्त छानो निर्माण भए पछी स्थानीयहरु समेत खुशि भएका छन ।
शनिवार कार्यक्रम लागुगरिएका स्थानहरुको अनुगमन गर्दै भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशील शुरुवाति चरणमा गरिव परिवारका लागी न्यानो लुगाकपडा सहयोग भनेर वजेट व्यवस्थापन गरिएको भएपनी गाँउ वस्तिमा अनुगमनमा जादा अति विपन्न, एकल महिला, दलित तथा अपाङ्खता भएका व्यक्तीहरुको घरको अवस्था दयनिय देखेर रकमान्तरण गरि घर मर्मत तथा खरको छानो विस्तापित गर्न सानो पहल गरिएकोे वताउनु भयो । साथै उहाले आगामी दिनहरुमा समेत यस्ताकार्यक्रमहरु लाइृ निरन्तरता दिईने समेत उहाले वताउनु भयो ।
उपप्रमुख गरिव विपन्न सहयोग कार्यक्रम अन्तर्गत महिला वालवालिका तथा जेष्ठनागरिक शाखा मार्फत भीमदत्त नगरपालिका वडा नम्वर १ मा १ घर, वडा नम्वर ५ मा १ घर, वडा नम्व्र ९ मा १ घर , १० मा १ घर, १४ मा ६ घर, १५ मा २ घर लाई मर्मत तथा खरको छानो मुक्त गरिएको छ भने एक जना अति विपन्न परिवारका व्यक्तीलाई औषधिउपचारमा सहयोग गरिएको छ ।

 

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?