एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौ २२ र २३ मा

असार ९ , धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौ २२ र २३ गते गर्ने निर्णय गरेको छ।

शुक्रबार धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले भदौ २२ र २३ गते गर्ने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए।

बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ । मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय समेत भएको प्रदेश सचिव पाठकले बताए ।

बैठकमा प्रस्तुत भएको वार्षिक कार्ययोजनाअनुसार सदस्यता नवीकरणलाई अन्तिम रुप दिने तथा प्रचारप्रसारको कामलाई तीव्रता दिंदै पार्टीको वैचारिक स्कुल चलाउने निर्णय समेत गरिएको छ।

शुक्रबारको बैठकमा पार्टी केन्द्रले गरेको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका इन्चार्ज तोकिएका केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई स्वागत गरेको छ भने कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी तत्कालीन सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टको बिदाइ पनि गरेको छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?