सहकारीमा देखिएको समस्या राष्ट्रिय समस्या भयो मन्त्री श्रेष्ठ

काठमाडौं । सहकारीमा देखिएको समस्या राष्ट्रिय समस्या भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । विगत ४ दिनदेखि काठमाडौंको माइतीघरमा सहकारी बचतकर्ता पीडित संघर्ष समितिले गरिरहेको आन्दोलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले समाधान गरिने आश्वासन दिएका हुन् ।

उनले भने, ‘सहकारी बचतकर्ताको समस्या देखिएकाले समिति बनाएर रिपोर्ट माग गरेका छौं । त्यसले रिपोर्ट दिनेबेला सहकारी सञ्चालकलाई बोलाउँछ र समस्या समाधान गर्छ ।’

उजुरीका आधारमा आवश्यक पर्दा छुट्टाछुट्टै छानबिन पनि गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

अहिले सहकारीका बचतकर्ता बचत फिर्ताको माग राख्दै आन्दोलन गरिरहेका छन् । हाल देशभर ३२ हजार बढी सहकारी छन् । तीमध्ये केही सहकारीले निक्षेपकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । बचतकर्ताहरु पटक पटक धाउँदा पनि सहकारीबाट निक्षेप फिर्ता पाउन नसकेपछि आन्दोलनमा उत्रिएका हुन्

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?