नेता र कर्मचारिकाे रजगजले जनताका पीडा घट्न सकेनन बजेट ठिक ठाउँमा नपठाउदा फ्रिज हुने संहारमा ।

गत बर्ष २०७९/०८० काे बजेट आएपछि बेदकाेट ८ का किसान खुसि थिए उनलाई लागेकाे थियाे बर्षाैबाट भाेग्दै आएकाे आफ्नाे हाम्राे पीडा अब सकिने छ । तर अहिले उनिहरु निरास हुन थालेका छन ।

वडा ८ काे उत्तर चुरेसंग जाेडिएकाे गाउजि गाउँ जाे  महाकाली तेस्राे चरणकाे निर्माणाधिन नहर भन्दा उत्तरतिर अवस्तित छ त्यहाँ सिचाइ अभावमा खेति आकासकाे भरमा हुने गरेकाे छ ।

बर्खामा तराई डुब्दा समेत न्यून आए भएका किसानले तरकारि लगायतका नगदे बाली उत्पादन गर्न सक्ने भएका कारण याे ठाउँमा सिचाई महत्त्वपूर्ण रहेकाे छ । यस्ता ठाउँमा किसानका माग सम्बाेधन गर्न  प्रदेश सरकारले ४ वटा सिचाई गर्ने ट्युवेल निर्माण गर्ने बजेट बिनियाेजन गरि पठायाे तर बजेट पठाउदा भुमिगत सिचाईकाे काम गर्ने कार्यालयमा नभई जलस्राेत बिकास डिभिजन महेन्द्रनगरमा पठायाे उक्त कार्यालयले याे काम गर्ने जनशक्ति आफुसंग नभएकाे जानकारि सहित बजेट समर्पण गर्याे ।

उक्त बजेटलाई भाैतिक याेजना मन्त्रालयले जलस्राेत डिभिजन बाट आफ्नाेमा सार्याे तर सम्बन्धित काम गर्ने भुमिगत जलस्राेत डिभिजन कार्यालय कैलाली लाई याे समाचार तयार पार्दा सम्म अख्तियारि नदिएकाे कार्यालय प्रमुख श्रवण खनालले बताउनुभयाे ।

यसरी मन्त्रालयले काम गर्ने सम्बन्धित कार्यालयलाई बजेट नदिई अर्कै कार्यालयलाइ बजेट कसरी दियाे भनेर भाैतिक पुर्वाधार मन्त्रालयका सुचना अधिकारी सुरेस राज भट्ट संग सम्पर्क गर्दा वहाले अर्थमन्त्रालयले बजेट सिधै पठायाे अहिले मन्त्रि स्तरिय निर्णय हुनुपर्ने तर निर्णय हुन नसकेका कारण काम अगाडि नबढेकाे बताउनु भएकाे छ ।

अर्थ मन्त्रालयका सुचना अधिकारी युवराज बस्नेत संग यसरी असम्बन्धित कार्यालयलाई सिधै बजेट कसरी पठाउनुभयाे भन्दा आफ्नाे कार्यालय नियमनकारि मात्र भएकाे सम्बन्धित भाैतिक याेजना मन्त्रालयले नै बजेट ईन्ट्रि गर्ने हाे भनेर बताए ।

जलस्राेत डिभिजन कार्यालय स्राेतका अनुसार असम्बन्धित बजेट करिव पाेने चाैध कराेड मन्त्रालयले पठाएको र कार्यालयले समयमै बजेट समर्पण गरेकाे बतायाे । मन्त्रालयका एक कर्मचारि नाम नबताउने सर्तमा भन्छन दलका नेता र मन्त्रालयका कर्मचारिले बजेटमा रजगज गर्दै मनमर्जि बजेट ईन्ट्रि गर्ने गराउने गरेपछि यस्ताे भएकाे हाे । यसरी नेता र केही कर्मचारिका कारण जनताले समयमै सेवा पाउन बाट बन्चित हुन पुगेकाे  अवस्था छ ।

बेदकाेट ८ का वडा अध्यक्ष महेश जाेशीका अनुसार गाउजि गाउँमा करिव २ कराेड बढिकाे बाेरिङ्ग निर्माण गर्नुपर्ने थियाे तर प्रदेश सरकारले ठिक तरिकाले काम नगरिदिदा जनता पिडित भएकाे, वडाले समेत पट्क पट्क पहल गर्दा पनि काम टुङ्गाेमा पुग्न नसकेकाे, समस्या परेका किसानले दिनमै पट्क पट्क फाेन गरेर बाेरिङ्ग कहिले बन्छ भनेर साेध्ने गरेकाे छ तर काम गर्ने निकायकाे यस्ताे हालतले समस्या भएकाे बतउछन ।

अध्यक्ष जाेशि भन्दछन वडाकाे काम थाति राखेर पट्क पट्क मन्त्री लगायत प्रदेश कर्मचारि भेट्न गएकाे छु प्रयास जारि छ । आर्थिक बर्ष सकिन लागिसक्याे तर काम गर्ने कार्यालयमा बजेट पठाएर काम गर्ने बातावरण प्रदेश सरकारका तर्फवाट भएकाे छैन ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?