शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा लैङ्गिक सामान्ता र व्यवसाय सचेतना तालिम सुरु भएको छ। आइतबार वडा नं. २ को कार्यालयमा एक कार्यक्रम गर्दै ८ दिन तालिम सञ्चालन गरिएको हो। तालिममा वडा नं. १, २ र ३ का गरि ३० जनाको सहभागिता छ। वडा नं. २ का अध्यक्ष बोदुराम चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख रणबहादुर महरा र विशिष्ट अतिथि नगर उपप्रमुख कल्पना पन्त थिइन्। शुक्लाफाँटावासीलाई नगरमै स्वरोजगार बनाउने उदेश्यले उद्यमशिलता तालिम सञ्चालन गरिएको नगर प्रमुख महराले बताए। ‘आर्थिक रुपमा देशको अवस्था नाजुक छ, दैनिक उपभोग्य सामाग्री भारतबाट आइरहेको छ,’ उनले भने, ‘युवाहरु विदेशिन बाध्य छन्, अब यही स्वरोजगार बनाउने हाम्रो योजना छ।’ व्यवसाय गर्न इच्छुकलाई नगरपालिकाले आवश्यक तालिम र सहयोग गर्ने नगर प्रमुख महराले बताए। ‘जिन्दगीभर काम लाग्ने खालका तालिम नगरपालिकाले सञ्चालन गर्नेछ,’ उनले भने, ‘तालिमकै लागि तालिम हुने छैनन्, दैनिक उपभोग्य र कृषिजन्य पदार्थबाट उत्पदान हुने खालका व्यवसाय गर्नेलाई नगरपालिकाले सहयोग गर्नेछ।’ व्यवसाय कसरी गर्ने, स्रोत साधन कसरी जुटाउनेलगायतका विषयमा तालिम दिइने उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीले बताए। ‘यो तालिम व्यवसाय सचेतनाका लागि हो, ८ दिनको तालिम सम्पन्न भएपछि सहभागीको मागको आधारमा सीपमुलक तालिम दिइनेछ,’ उनले भने, ‘१ सय १० जनालाई सचेतना तालिम र ८० जनालाई सीपमुलक तालिम दिइनेछ।’ तालिमको उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरीलगायतले मनतव्य राखेका थिए।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?