शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा लैङ्गिक सामान्ता र व्यवसाय सचेतना तालिम सुरु भएको छ। आइतबार वडा नं. २ को कार्यालयमा एक कार्यक्रम गर्दै ८ दिन तालिम सञ्चालन गरिएको हो। तालिममा वडा नं. १, २ र ३ का गरि ३० जनाको सहभागिता छ। वडा नं. २ का अध्यक्ष बोदुराम चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख रणबहादुर महरा र विशिष्ट अतिथि नगर उपप्रमुख कल्पना पन्त थिइन्। शुक्लाफाँटावासीलाई नगरमै स्वरोजगार बनाउने उदेश्यले उद्यमशिलता तालिम सञ्चालन गरिएको नगर प्रमुख महराले बताए। ‘आर्थिक रुपमा देशको अवस्था नाजुक छ, दैनिक उपभोग्य सामाग्री भारतबाट आइरहेको छ,’ उनले भने, ‘युवाहरु विदेशिन बाध्य छन्, अब यही स्वरोजगार बनाउने हाम्रो योजना छ।’ व्यवसाय गर्न इच्छुकलाई नगरपालिकाले आवश्यक तालिम र सहयोग गर्ने नगर प्रमुख महराले बताए। ‘जिन्दगीभर काम लाग्ने खालका तालिम नगरपालिकाले सञ्चालन गर्नेछ,’ उनले भने, ‘तालिमकै लागि तालिम हुने छैनन्, दैनिक उपभोग्य र कृषिजन्य पदार्थबाट उत्पदान हुने खालका व्यवसाय गर्नेलाई नगरपालिकाले सहयोग गर्नेछ।’ व्यवसाय कसरी गर्ने, स्रोत साधन कसरी जुटाउनेलगायतका विषयमा तालिम दिइने उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीले बताए। ‘यो तालिम व्यवसाय सचेतनाका लागि हो, ८ दिनको तालिम सम्पन्न भएपछि सहभागीको मागको आधारमा सीपमुलक तालिम दिइनेछ,’ उनले भने, ‘१ सय १० जनालाई सचेतना तालिम र ८० जनालाई सीपमुलक तालिम दिइनेछ।’ तालिमको उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरीलगायतले मनतव्य राखेका थिए।

ताजा खबर

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा...

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट...

भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ...

शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?