शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन गरिएको छ। बिहीबार नगर प्रमुख रणबहादुर महरा नेतृत्वको टोली अतिरिक्त कक्षाहरुको अनुगमन गरेका हुन्। शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख सुरेश भट्टले बताए। उनका अनुसार बैजनाथ मावि कसरौल, कृष्ण मावि सिमलफाँटा र धर्म जनता मावि स्टेशनपुरमा सञ्चालित अतिरिक्त कक्षाको अनुगमन गरिएको थियो। ‘अतिरिक्त कक्षामा लक्षित विद्यार्थी भन्दा कम भेटिए,’ उनले भने, ‘विद्यार्थीको संख्या बढाउन विद्यालयका प्रधानाध्यापकलाई अभिभावकसँग कुरा गर्न निर्देशन दिएका छौं।’ शुक्लाफाँटाका १३ विद्यालयमा एसईईका अतिरिक्त कक्षा सञ्चालनमा छन्। एसईईमा उत्कृष्ट नतिजा ल्याउने उदेश्यले अतिरिक्त कक्षाहरु भइरहेको शिक्षा शाखा प्रमुख भट्टले बताए। ‘सबै सामुदायिक विद्यालयहरुमा गणित, विज्ञान र अंग्रेजी विषयको अतिरिक्त कक्षाहरु भइरहेका छन्,’ उनले भने, ‘अतिरिक्त कक्षाहरु नियमित नगर्ने शिक्षकहरुलाई पहिलो पटक स्पष्टिकरण सोध्ने, त्यसपछि पनि सुधार नभए तलब रोक्नेसम्म नगरपालिकाको योजना छ।’ शुक्लाफाँटाका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको नगर प्रमुख महराले बताए। ‘विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि निशुल्क अतिरिक्त कक्षाहरु सञ्चालन गरेका छौं,’ उनले भने, ‘सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि नियमित अनुगमन समेत गरिरहेका छौं।’

ताजा खबर

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?