समृद्धिको यात्रामा शुक्लाफाँटा, यी हुन् दीर्घकालिन योजना

  • झलारी। शुक्लाफाँटा नगरपालिकाले दिर्घकालिन योजनालाई प्राथमिकता दिएको छ। नगरपालिकाले चक्रपथ निर्माण, कोल्डस्टोर निर्माण, कबर्ड हल निर्माण, खुल्ला मञ्च प्याराफिट निर्माण, आर्युवेद अस्पताल निर्माण, कृषि क्षेत्रको सम्भाव्यता अध्ययनलगायतका काम अगाडि बढाएको छ।
    शुक्लाफाँटामा रणबहादुर महाराले नेतृत्व गरेसँगै यी काम अगाडि बढेका हुन्। नगरपालिकाले बहुवर्षिय योजनालाई प्राथमिकता दिएको नगर प्रमुख महाराले बताए। उनका अनुसार नगरका १२ वटैलाई जोड्ने चक्रपथ निर्माणको काम अगाडि बढेको छ।
    ‘चक्रपथ निर्माणका लागि नगरपालिकाले १ करोड बजेट विनियोजन छ, यो बहुबर्षिय योजना हो,’ उनले भने, ‘चक्रपथ निर्माणको काम यसै वर्ष सुरु गर्छौ।’
    चक्रपथ निर्माणको गुरुयोजना बनाएर राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयमा समेत पठाइएको उनले बताए। नगरपालिकाले वडा नं. १० मा नगर स्तरीय कबर्ड हल निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ।
    ‘कबर्ड हल निर्माण करिब ढाई करोड लाग्ने अनुमान गरिएको छ, कबर्ड हल निर्माणमा केन्द्र र प्रदेश सरकारसँग पनि माग गर्छौ,’ उनले भने, ‘यस्ता ठूला योजना सम्पन्न गर्न नगरपालिका एक्लैले सक्दैन्, केन्द्र र प्रदेश सरकारसँग समन्वय भइरहेको छ।’
    झलारी खुल्ला मञ्चको प्याराफिट निर्माणका लागि नगरपालिकाले २५ लाख विनियोजन गरेको छ। ‘त्यसको ठेक्का भएर निर्माण कम्पनीसँग सम्भौता भैसकेको छ,’ नगर प्रमुख महराले भने, ‘केही दिनमै प्याराफिट निर्माणको काम अगाडी बढ्छ।’
    शुक्लाफाँटा नगरपालिकाले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ। नगरपालिकाका सबै वडामा कृषिको सम्भाव्यता अध्ययन हुनेछ।
    ‘कृषि क्षेत्रका विज्ञबाट सम्भाव्यता अध्ययनको काम अगाडी बढाउन कृषि शाखालाई निर्देशन दिएको छु,’ उनले भने, ‘सबै वडाको माटोलाई परिक्षण गरे अगामी वर्षमा काम गर्ने तयारी भइरहेको छ।’ नगरपालिकाले विगतको तुलनामा कृषि क्षेत्रमा बजेट समेत बढाएको छ।
    शुक्लाफाँटामा नगरपालिकाले १ जना एमबीबीएस डाक्टर करारमा राखेर सेवा दिइरहेको छ। ‘पीपलाडी स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरले सेवा दिइरहेका छन्,’ नगर प्रमुख महराले भने, ‘ १० सैयाको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा छ, चाडै १० सैयाको अस्पताल सञ्चालनमा छौं।’
    नगरपालिकाले वडा नं. ५ र १० बाहेक सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिसकेको छ। ‘वडा नं. १० मा झलारी स्वास्थ्य चौकी छ, त्यहाँ त्यसैबाट सेवा दिइरहेका छौं,’ उनले भने, ‘वडा नं. ५ मा स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने तयारीमा छ।’
    यसैगरी, नगरपालिकाले १० वटा वडाका कार्यालय भवन निर्माण गरिसकेको छ। अब वडा नं. १० र ४ मा मात्रै भवन निर्माण गर्न बाँकी छ। यी दुबै वडामा पनि नगरपालिकाले भवन निर्माण गर्ने तयारी थालेको छ। शुक्लाफाँटामा आरयुडीपी आयोजना अन्र्तगत निर्माण भइरहेको सडक र प्रशासनीक भवनको काम अन्तिम चरणमा पुगेको छ। सडक कालोपत्रे हुने चरणमा छ भने नगरपालिकाको भवन निर्माणको काम पनि अन्तिम चरणमा छ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?