नेपाली दलालको आडमा भारतीय ठेकेदारहरुको दादागिरी रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कवाड व्यवशायीको ज्ञापन

कञ्चनपुरमा कवाड व्यवसायीहरुले कवाड व्यवयायमा लागु भएको दोहोरो कर र नेपाली ठेकेदारहरुको फर्म प्रयोग गरेर काम गरिरहेका भारतिय ठेकेदारहरुको दादागिरी रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
अहिले युवाहरु विदेश पलयान हुनेक्रम बढीरहेको सबैलाई थाहा छ तर स्वदेशमा केहि गरौं भन्नेहरुलाई पनी थुपै्र समस्याहरु पर्ने गरेका छन । यस्तै समस्या अहिले कञ्चनपुरमा कवाड व्यवशाय गरिरहेका हरुलाई परेको उनीहरुले वताएका छन । शुरुवाति चरण तिर भारतियहरुले मात्र नेपालमा कवाड संकलनको काम गर्थे त्यती वेला सम्म केही समस्या थिएन तर अहिले कञ्चनपुरका केहि व्यवशायीहरुले कवाड संकलनको काम गरिरहेका छन । अहिले उनीहरुले पहाड वाट कवाड संकलन गरेर कञ्चनपुरमा स्टक गर्दा सम्म दोहोरो कर तिर्नु परेको छ । शुरुमा जुन स्थानीयतह वाट कवाड संकलन गरिन्छ त्याहा कर तिर्नु पर्छ अनी कञ्चनपुरमा स्टक गर्दा समेत कर तिनु परेको भन्दै दाहोरो कर खारेजीका लागी माग गर्दै कवाड व्यवशायीहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसास अर्याललाई ज्ञापन पत्र बुभाएका छन । उक्त ज्ञापन पत्रमा उनीहरुले नेपाली ठेकेदारहरुको नाममा भारतिय ठेकेदारहरुले दादागिरी गर्ने गरेको र व्यवशाय गर्न असहज भएको भन्दै सुरक्षाको लागी समेत माग गरेका छन ।

सोमवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन बुझाउदै व्यावसायीहरुले पुरानो फलामहरु किनेर बेच्दा १३ प्रतिशत भ्याट तिरी रहेको अवस्थामा दोहोरो कर लिने गरेको त्यो पनी जिल्ला पिच्छे फरक फरक कर लिने गरेको समेत व्यवशायीहरुको माग रहेको छ । केही नेपाली कवाडी व्यवसायीहरुले आफुहरुलाई यो पेशाबाट पलायन गराउनको लागि अबैधानिक रुपमा भारतिय कवाडीहरुलाई ल्याएर दादागिरी गरेको हुदा उनीहरुलाई कारवाही हुनु पर्ने माग समेत राखेका छन ।

यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले व्यवशायीहरुको माग सम्वोधन गर्न यो विषयमा छलफल गराईदिने आस्वासन दिनु भएको छ । एक प्रदेशमा कवाडको दररेट पनि एक हुनुपर्ने र भारतबाट आएका कवाड संकलहरुले गर्दा आफुहरु मारमा पेरको र ठेक्का प्रणाली पनि धाँधली गर्ने गरेकोले कैलालीका ६ जना भारतिय व्यापारीहरुले अबैधानिक कार्य गरको हुनाले सबैलाई कारवाही हुनुपर्ने व्यवशायहिरको माग रहेको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?