नेपाली दलालको आडमा भारतीय ठेकेदारहरुको दादागिरी रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कवाड व्यवशायीको ज्ञापन

कञ्चनपुरमा कवाड व्यवसायीहरुले कवाड व्यवयायमा लागु भएको दोहोरो कर र नेपाली ठेकेदारहरुको फर्म प्रयोग गरेर काम गरिरहेका भारतिय ठेकेदारहरुको दादागिरी रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
अहिले युवाहरु विदेश पलयान हुनेक्रम बढीरहेको सबैलाई थाहा छ तर स्वदेशमा केहि गरौं भन्नेहरुलाई पनी थुपै्र समस्याहरु पर्ने गरेका छन । यस्तै समस्या अहिले कञ्चनपुरमा कवाड व्यवशाय गरिरहेका हरुलाई परेको उनीहरुले वताएका छन । शुरुवाति चरण तिर भारतियहरुले मात्र नेपालमा कवाड संकलनको काम गर्थे त्यती वेला सम्म केही समस्या थिएन तर अहिले कञ्चनपुरका केहि व्यवशायीहरुले कवाड संकलनको काम गरिरहेका छन । अहिले उनीहरुले पहाड वाट कवाड संकलन गरेर कञ्चनपुरमा स्टक गर्दा सम्म दोहोरो कर तिर्नु परेको छ । शुरुमा जुन स्थानीयतह वाट कवाड संकलन गरिन्छ त्याहा कर तिर्नु पर्छ अनी कञ्चनपुरमा स्टक गर्दा समेत कर तिनु परेको भन्दै दाहोरो कर खारेजीका लागी माग गर्दै कवाड व्यवशायीहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसास अर्याललाई ज्ञापन पत्र बुभाएका छन । उक्त ज्ञापन पत्रमा उनीहरुले नेपाली ठेकेदारहरुको नाममा भारतिय ठेकेदारहरुले दादागिरी गर्ने गरेको र व्यवशाय गर्न असहज भएको भन्दै सुरक्षाको लागी समेत माग गरेका छन ।

सोमवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन बुझाउदै व्यावसायीहरुले पुरानो फलामहरु किनेर बेच्दा १३ प्रतिशत भ्याट तिरी रहेको अवस्थामा दोहोरो कर लिने गरेको त्यो पनी जिल्ला पिच्छे फरक फरक कर लिने गरेको समेत व्यवशायीहरुको माग रहेको छ । केही नेपाली कवाडी व्यवसायीहरुले आफुहरुलाई यो पेशाबाट पलायन गराउनको लागि अबैधानिक रुपमा भारतिय कवाडीहरुलाई ल्याएर दादागिरी गरेको हुदा उनीहरुलाई कारवाही हुनु पर्ने माग समेत राखेका छन ।

यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले व्यवशायीहरुको माग सम्वोधन गर्न यो विषयमा छलफल गराईदिने आस्वासन दिनु भएको छ । एक प्रदेशमा कवाडको दररेट पनि एक हुनुपर्ने र भारतबाट आएका कवाड संकलहरुले गर्दा आफुहरु मारमा पेरको र ठेक्का प्रणाली पनि धाँधली गर्ने गरेकोले कैलालीका ६ जना भारतिय व्यापारीहरुले अबैधानिक कार्य गरको हुनाले सबैलाई कारवाही हुनुपर्ने व्यवशायहिरको माग रहेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?