एडिविको ऋण सहयोगमा निर्माण भईरहेको सडकको काम लथालिङ्ग : सरोकारवाला निकाय मौन बस्दा गुणस्तरहीन काम हुदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एशियाली विकास वैंकको रिण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना धनगढी अन्तर्गत निर्माण भईरहेको सडक निर्माणमा सरोकारवाला निकायको वेवास्ताका कारण गुणस्तरीय काम नभएको पाईएको छ । आयोजना अन्तर्गतको भीमदत्त नगरपालिका वडा नम्वर चार बजार क्षेत्रमा सरोकारवाला निकाय द्धारा अनुगमन तथा निरिक्षण नगरिदा मापदण्ड विपरित काम भईरहेको हो ।
भीमदत्त नगरपालिका लाई सुन्दर र सफा शहर वनाउने भन्दै नागरिहरुको टाउकोमा रिणको भारी बोकाउदै एशियाली विकास वैंकलाई हार गुहार गरि सरकारले सडक निर्माण गरिरहेकोे छ । एशियाली विकास वैंकको रिण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना धनगढीले देशका विभिन्न शहरहरु जस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आधुनिक शहर निर्माणका लागी काम थालेको हो । भीमदत्त नगरपालिकामा फोहोर व्यवस्थापन संगै सुन्दर र सफा शहर वनाउन एशियाली विकास वैंकले रिण दिने तयारी गरेको थियो तर फोहर व्यवस्थापनका लागी जग्गाको प्राप्ती नभए पछी अहिले पहिलो चरणमा बजार क्षेत्र भित्र १४.०९ किलोमिटर सडक, २२ किलोमिटर ढल र ७७ किलोमिटर फुटपाथ निर्माण गर्न सन २०२० जुनमा दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरि करीव ९९ करोड बढीमा जेड आई ई सि लामा जेभी संग सम्झौता भएको थियो । जेड आई ई सि लामा जेभीले उक्त काम सम्पन्न गर्न खडका कृष्ण कन्सट्रक्सनलाई हायर गरेर निर्माण कार्य सञ्चालन गरेको थियो । वविध कारणले निर्माणमा ढिलाई भए संगै २०२२ जुनमा म्याद सकिए पछी निर्माण कम्पनीले एक वर्ष म्याद थपका लागी अनरोध गरेको थियो जस अनुसार ६ महिना म्याद थप भई डिसेम्वर २०२२ सम्म काम सम्पन्न गर्नु पर्ने थियो । अहिले उक्त सडक निर्माणको म्याद सकिएको पनी दुई महिना भईसकेको छ भने निर्माण कम्पनीले म्याद थप्न अनरोध गर्दैै निर्माण कार्यलाई पनी निरन्तरता दिएको छ ।

सडक निर्माणका लागी भीमदत्त नगरपालीकाले समयमा ठाँउ खाली गराएर निर्माण कम्पनीलाई दिन नसक्दा काममा ढिलोभएको निर्माण कम्पनीको भनाई रहेको छ । अझै पनी बजारको मदनचोक देख ओपेरा जाने बाटो सम्मका पसलहरु भत्काउनु पर्ने छ यस विषयमा भीमदत्तले कुनै ठोस निर्णय गर्न नसक्दा निर्माणमा ढिलाई त भएको नै छ अनुगमन नहुदा समेत मापदण्ड विपरित काम हुन थालेको छ । बजारको गल्ली नम्वर चार मा निर्माण भईरहेको ढलमा छड नै नराखी ढलान गरेपछी स्थानीयहरुले विरोध गरि ढलान भएको ढल समेत भतकाई दिएका छन । उक्त स्थानमा काम भईरहदा न त स्थानीय सरकारका प्रतिनीधि उपस्थित थिए न त निर्माण कम्पनीका प्रतिनीधी नै । स्थानीयले विरोध गरेपछी निर्माण कम्पनीका तर्फबाट माफी माग्दै आगामी दिनमा गल्ति नगर्ने प्रतिवद्धता समेत जनाएका थिए । यसरी यति ठुलो परियोजनाको काम चलिरहदा कुनै पनी सरोकारवालाले अनुगमन नगर्नु दुखद भएको स्थानीय हरुले बताउने गरेका छन ।


सडक निर्माण संगै सडकको गुणस्तरमा भने सरोकारवाला कसैको ध्यान जान नसक्दा एडिविको एक अरवहाराहारीको रकम दुरुपयोग भएको समेत स्थानीयहरुले आकलन गर्न थालेका छन । सडक कालो पत्रे भईसकेको ठाँउमा विद्युत तथा टेलीफोनका पोलहरु हटाईएका छैनन । ढल को विचमा समेत पोलहरु छन । सडक निर्माण सम्पन्न भए पछी यी पोलहरु अन्यत्र सार्दा सडक भत्काउनु पर्ने हुन्छ । यसरी काम सम्पन्न भईसकेपछी सडक भत्काउदा गुण्स्तरमा ह्रास आउने हुदा स्थानीयहरु समेत चिन्तीत भएका छन ।
निर्माण कार्य ढिलो हुनमा निर्माण कम्पनीको मात्र दोष छैन, सडक भित्र रहेका खानेपानी पाईप लाईन मर्मतमा ढिलाई , साईड किलियर गर्न नगरपालिकाको कमजोरी, विद्युत, टेलिफोनका पोल लगायतका थुप्रै कारणले ढिलो गरि काम भईरहेको हो । अझ थुप्रै ठाँउमा नगरपालीकाले सहकार्य गर्न नसक्दा बाधाहरु बाकी नै रहेका छन । सडकमा रहेका विद्युत, टेलीफोन तथा खानेपानीका लाईनहरुको मर्मत स्वयं निर्माण कम्पनीले गर्नु पर्ने गरि ठेक्का भएको थियो तर निर्माण कम्पनीले समयमा उक्त कार्य गर्न नसकेको हुदा समस्या परेको देखिएको छ । पोल हटाउनु पर्ने जिम्मेवारी निर्माण कम्पनीकै भएको हुदा विद्युत प्राधिकरण संग सहकार्य नगरी काम गर्दा ढिलाई भएको नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले वताउनु भएको छ । ११ मिटर पोल हाल्नु पर्ने ठाउमा समेत ९ मिटको स्टमेट वनाउदा नया भेरियसन वनाउनु परेको उहाको भनाई रहेको छ साथै ९ मिटर पोल हाल्नु पर्ने ठाँउमा चाही कुनै वाधा नभए पनी पोलहरु सार्न निर्माण कम्पनीले नै ढिलाई गरेको समेत उहाले वताउनु भयो ।


यदी साच्चै गुणस्तरीय काम भएको होईन भने यसमा सयमा सरोकारवाला र जिम्म्ेवार निकाय सबै मिलेर गलत काम गर्नेलाई कारवाही गर्नु पर्ने भीमदत्त नगरपालिकाका निर्वतमान नगरप्रमुख सुरेन्द्र बिष्टले वताउनु भएको छ । नगरपालिकाले यो शहर मेरो हो यसलाई समयमा सम्पन्न गराउने र गुणस्तरीय काम गराउने मेरो दायीत्वहो भनेर ध्यान दिनु पर्ने समेत उहाले वताउनु भयो ।
यता भीमदत्त नगरपालीकाका प्रवक्ता महेन्द्र खडकाले भने नगरपालिकाको तर्फ बाट पटक पटक अनुगमन भएको वताउनु भएको छ । नगर प्रमुख, उपप्रमुख लगायतको टीमले पटक पटक निर्माण कम्पनीलाई गुणस्तरीय कामका लागी र गुणस्तरीय काम गर्नका लागी ताकेता गर्दै आएको समेत उहाको भनाई रहेको छ ।
विभिन्न ठाँउमा काममा भएको लापरवाही र गल्ती प्रति स्थानीयहरुले खवरदारी गरे पछी निर्माण कम्पनीका प्रपितनीधीहरुले गल्ती स्वीकार गर्दै आगामी दिनमा गल्ती नगर्ने भन्दै स्थानीयहरु संग क्षमा समेत मागेका छन । आफ्नो मनसाय गुणस्तर हीन काम गर्ने नभएको भन्दै गल्ती भएको ठाँउमा सुधार गरिने समेत उहाहरुले वताउनु भएको छ ।


ए डि विको रिण सहयोगमा सडक निर्माण हुने हुदा अन्तराष्ट्रीय स्तरको काम हुन्छ भन्नेमा स्थानीय भीमदत्त वाशीहरुमा समेत खुशि देखिएका थिए तर अहिलेको काम गर्ने तरिका र सडकको अस्तव्यस्तता देखेर स्थानीयहरु समेत अचम्ममा परेका छन । जनताले पाँच वर्षका लागी जिताएर पठाएका भीमदत्त नगरपालिकाका जनप्रतिनीधि, जिल्ला समन्वय समितिका प्रमुख तथा पदाधिकारीहरु फाटफुट विभिन्न उदघाटन तथा औपचारकि कार्यक्रममा अतिथी हुन वाहेक कहिल्यै बजारमा देखिदैनन । बजार अहिले निर्माणको क्रममा अस्तव्यस्त छ भने सडक निर्माण हुदा पालना गर्ने न्युनतम मापदण्ड समेत पालना हुन नसक्दा निर्माण भएका संरचनाहरु दिर्घकालीन रुपमा रहन सक्छन या सक्दैनन यसै भन्न सकिने अवस्था छैन । सरोकारवाला निकाय सबैले समयमै सचेत नहुनेहो भने भीमदत्तवाशीको सुन्दर शहर बनाउने सपना पुरा हुने सम्भावना छैन ।

ताजा खबर

नागोयामा गुञ्जियो गौरवपूर्ण दशैंको धुन, सयौँ नेपाली एकजुट

जापानको नागोयामा सुदूरपश्चिम नेपाली समाज तोखाई जापानले आयोजना गरेको...

जापानको नागोयामा दशैंको झल्को: जमराको महिमा

- काठमाडौ : सुदूर पूर्वी मुलुक जापानको नागोयामा...

१० दिनमै फेरी कञ्चनपुरमा हात्तीको आक्रमण : बेलौरीका उमेश चौधरीको मृत्यु

कञ्चनपुर- जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको...

कञ्चनपुरको बेलौरी नगरपालिका स्तरमै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगिता गोकलपुरमा हुदै

किशोर तामाङ कञ्चनपुर,२१ असोज २०८१ कञ्चनपुरको बेलौरीमा वडा अध्यक्ष कप...

कञ्चनपुरको पुनर्वासमा भारतसँग सीमा जोडिएका वडामा सीमा सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन

किशोर तामाङ कञ्चनपुर २० असोज २०८१ सीमा सुरक्षाको भूमिकामा रहेको सशस्त्र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?