टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ हजार नाघे

एजेन्सी – टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ।

भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी रहेकाे छ । मृतककाे संख्या पनि बढिरहेकाे छ । टर्कीमा अहिलेसम्म मृत्यु हुने संख्या २९ हजार ६ सय ५ पुगेको छ भने सिरियामा ४ हजार ५ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उद्धारकर्मीहरुले टर्कीमा भूकम्प गएको १ सय ५० घण्टापछि १० वर्षीय बालिकालाई जीवितै उद्धार गरेका छन् ।

कठ्याङ्ग्रिने चिसोका कारण खोजी, उद्धार र पुनस्थापना निकै चुनौतीपूर्ण बनेको छ । विश्वभरबाट सहयोग पुग्ने क्रम पनि जारी रहेको छ । सिरियामा भने भूकम्प प्रभावित क्षेत्र विद्रोहीको कब्जामा हुँदा पीडितहरुले राहत पाउन सकेका छैनन् । उनीहरुलाई ओत लाग्ने त्रिपालको समेत अभाव रहेको छ । संयुक्त राष्ट्रसंघले विद्रोही नियन्त्रित सिरियाको यकिन विवरण आएपछि सहयोग टोली परिचालन गर्ने जनाएकाे छ ।

ताजा खबर

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?