नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुने

६ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् ।

नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ ।

नाउपाले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने अडान लिएको छ ।

नाउपाले साथ नदिए मुख्यमन्त्री रावलले विश्वासको मतका लागि आवश्यक बहुमत संख्या २७ पुर्‍याउन नसक्ने भएकाले उनी संकटमा छन् ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।

मुख्यमन्त्री रावलले बहुमत पुर्‍याउन सक्ने स्थिति नभएपछि बुधबारको सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

एमाले नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ (४) अनुसार उनले विश्वासको मत लिने बिहीबार (आज) अन्तिम दिन हो ।

संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । यदि आज रावलले विश्वासको मत नपाए सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्ने बाटो खुल्ने छ ।

ताजा खबर

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुर, ३० असार । कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको...

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?