रावलले आज विश्वासको मत लिदै

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् । माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुरूप रावलले विश्वासको मत लिन लागेका हुन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले सम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने मत नदिने सङ्केत गरेको छ । उनीहरूले आफ्नो माग र मुद्दा सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेका छन् ।

नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने छैनन् । नागरिक उन्मुक्तिका सबै सांसद अहिले काठमाडौँमा छन् । उनीहरू आजको प्रदेश सभा बैठकमा सहभागी हुने वा नहुने भन्नेमा पनि निश्चित नरहेको बताउँछन् ।

‘हाम्रो लागि माग मुद्दा पहिलो हो मुद्दा सम्बोधन नभए सम्म विश्वासको मत लिने कुरा छैन ’नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले भने ‘अहिले हामी काठमाडौँ । कैलाली आउने वा नआउने भन्ने पनि टुङ्गो छैन ।’

सुदूरपश्चिममा सत्ता गठबन्धन भित्र माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी सबैको मत मुख्यमन्त्री रावलले प्राप्त गरे बहुमत पुष्टि हुने छ । तर, नागरिक उन्मुक्तिका ७ सांसद बैठकमै उपस्थित हुने विषय नै अनिर्णीत हुँदा मुख्यमन्त्री सङ्कटमा पर्ने सङ्केत देखिएको छ ।

यता नेकपा एमालेका सांसदहरू भने सरकारले विश्वासको मत पाउनेमा विश्वस्त छन् । संघीय सरकार नागरिक उन्मुक्तिको माग सम्बोधन गर्न सकारात्मक रहेको र प्रक्रिया अघि बढिसकेको हुँदा विश्वासको मत प्रदेश सरकारले पाउने एमालेको दाबी छ ।

‘सरकार उहाँहरूको मुद्दामा गम्भीर रहेको र प्रक्रियामा गइसकेको कुरा उहाँहरूलाई पनि थाहा छ’ नेकपा एमाले प्रदेश सचिव समेत रहेका प्रदेश सांसद धर्मराज पाठकले भने, ‘सरकारले विश्वासको मत पाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।’

मुख्यमन्त्रीले विश्वासको मत लिने गरी आज १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?