महेन्द्रनगरमा फागुन १ देखि सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला हुने,

महेन्द्रनगर–महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटजन महोत्सव २०७९ हुने भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेल गरी आउने फागुन १ गतेदेखि १० गतेसम्म मेलाको आयोजना हुने जानकारी दिएको हो ।
‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले १४ औँ संस्करणको मेला संचालन गर्न लागेको पत्रकार सम्मेलनमा बोल्दै कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले विजनेज टु कष्टमरको मोडालिटिमा मेलाको आयोजना गरिएको बताए । मेलामा बढिभन्दा बढि दर्शकहरुले अवलोकन गरी सस्तोभन्दा सस्तोमा गुणस्तरिय सामाग्रि खरिद गरुन र उत्पादक तथा वितरणकर्ताहरुले आफ्नो बस्तुको प्रचार प्रसार व्यपकरुपमा गर्नसकुन र बढि भन्दा बढि बस्तुको कारोवार होस भन्ने मुल उदेश्यका साथ मेलाको आयोजना गरिएको बताए ।

आर्थिक गतिबिधी बृद्धि गराउने, स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रबद्र्धन गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा लघु उद्यम, अटो प्रदर्शनी, कृषि गारमेन्ट, बाल उद्यान सहित सुदूरपश्चिमको झल्किने लोक संस्कृति प्रस्तुत गरिनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत सांस्कृतिक कार्यक्रम संचालन गरिने छन् । महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी प्रकृतिका ३ सय स्टल हुने छन् । ‘हामीले सुदूरपश्चिमको लोक संस्कृति झल्किने गरि देउडा प्रतियोगिता समेत सचालन गछौँ’, उनले भने, ‘महोत्सव आर्थिक, समाजिक एवं सांस्कृतिक केन्द्रीत हुने छ ।

मेलामा ५ करोडदेखि १० करोड रुपयासम्मको कारोवारहुने तथा दुई लाख जनाले मेलाको अवलोकन गर्ने आकलन गरिएको अध्यक्ष जोशीले बताए । मेलाकै दौरानमा डेउडा प्रतियोगिताको पनि आयोजना गरिएको कञ्चनपुर उद्योग बाणिज्य संघले जनाएको छ । मेलामा तिन सयभन्दा बढि स्टल राखिनेछ ।

मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष जोशीका अनुसार देशकै ध्यान तान्नको लागि प्रधानमन्त्री पुष्प कमल दाहालबाट मेलाको उद्धघाटन गर्न लागिएको हो । ‘देशकै ध्यान कञ्चनपुर गराउने उदेश्यले हामीले प्रधानमन्त्री ज्यू बाटै मेला उद्घाटन गर्न खोजेका छौँ’, उनले भने, ‘यस क्षेत्रका रहेका औद्योगिक आर्थिक क्षेत्रका योजना अघि बढाउन मदन पुग्छ ।’
कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंग बहादुर मल्लले संघले विगतदेखि यस क्षेत्रका विकासका योजनालाई समेत अघि बढाउन भूमिका निर्वाह गर्दै आएको र यस पटकको मेलाले थप काम गर्ने बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले मेला अवलोकनका लागि साधारण तर्फ ८० र विद्यार्थी सहुलियत ४० रुपैयाँ तोकिएको बताए । महासचिव खगेश्वर बोहराले मेलाको मुख्य प्रायोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रअरी, निको ईन्सोरेन्स कम्पनी लिमिटेड र प्रबद्र्धकमा सनराई बैक, डिसहोम रहेका छन् ।

मेला सम्पन्न गर्नका लागि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । भने विभिन्न १५ उप समिति गठन गरिएका छन ।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव बोहराले मेलाको तयारी तिब्ररुपमा भईरहेको बताए । बरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह सयोजक, तथा महासचिव खगेश्वर बोहरा सदस्य सचिव रहेका छन् ।
निवर्तमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा स्वागत सत्कार, बरिष्ठ उपाध्यक्ष दिनेश मल्लको संयोजकत्वमा सुरक्षा, संस्कृति तथा यातायात व्यवस्थापन समिति, प्रथम उपाध्यक्ष सुरेश गुरुङ्गको संयोजकत्वमा बाल उद्यान समिति, उपाध्यक्ष धर्मसिंह रावलको संयोजकत्वमा स्टल निर्माण तथा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यसैगरी संघका महासचिव खगेश्वर बोहरको संयोजकत्वमा सचिवालय तथा प्रचार प्रसार समिति, सचिव राहुल भट्टको संयोजकत्वमा प्रायोजक, प्रवद्र्धक तथा स्टल बुकिङ्ग समिति, कोषाध्यक्ष चेतराज जोशीको संयोजकत्वमा आर्थिक तथा टिकट व्यवस्थापन समिति गरिएको छ ।
त्यसैगरी सदस्य गोपाल बुडापालको संयोजकत्वमा मञ्च व्यवस्थापन, सदस्य नरेन्द्र प्रशाद जोशीको संयोजकत्वमा पर्यटन प्रबद्र्धन समिति, सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर व्यवस्थापन समिति, सदस्य प्रेम प्रकास पाठकको संयोजकत्वमा कृषि प्रबद्र्धन समिति, सदस्य रदिप पालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति, सदस्य विशाल सोनारको संयोजकत्वमा खानेपानी तथा विद्युत व्यवस्थापन समिति, सदस्य मिनराज भट्टको संयोजकत्वमा सचार तथा समन्वय समिति गठन गरिएको छ ।

ताजा खबर

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?