ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालको पहलमा न्यानो लुगा सहयोग

कञ्चनपुर । ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालको पहलमा कञ्चनपुरको समाजकल्याण वाल अनाथालय तथा वृद्धसेवा केन्द्रमा न्यानो लुगा तथा खाद्यान्न सहयोग गरिएको छ । कंचनपुर भिमदत्त नगरपालीका वडा नम्वर ४ स्थीत समाजकल्याण वाल अनाथालय तथा वेदकोट नगरपालिका स्थीत वृद्धसेवा केन्द्रमा ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालको पहलमा न्यानो लुगा तथा खाद्यान्न सहयोग गरिएको हो ।


नेपालमा घर भई वैदेशिक रोजगारीमा गएका नागरिकहरुको सहयोगमा ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालले उक्त सहयोग गरेको संस्थाकी अध्यक्ष समाजसेवी चादनी ऐरले बताउनु भयो । संस्थाले चिसो बढे संगै समाजकल्याण वाल अनाथालयमा रहेका २७ जना वालवालीकाहरुलाई न्यानो लुगा वितरण गर्नुका साथै वेदकोटमा रहेको वृद्धसेवा केन्द्रमा आश्रय लिईरहेका १३ जना अशाहाय आमावुवाहरु लाई न्यानो लुगाका साथै चामल सहयोग हस्तान्तरण गरिएको अध्यक्ष ऐरले वताउनु भएको छ । साथै उहाले आगामी दिनमा समेत यस्ता सहयोगहरुकामे लागी संस्थाले पहल गर्दै जाने समेत वताउनु भएको छ ।


न्यानो लुगा वितरणका लागी विदेशमा कर्मथलो वनाउदै समाजसेवामका तत्लीन रहदै आउनु भएका समाजसेवी तन्नु मगर, सरला श्रेष्ठ र लिलि गुरुङ्गले ४६ हजार रुपैया ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपाल मार्फत सहयोग गर्नु भएको हो । आगामी दिनमा समेत दीन दुखीहरुको दुखमा मल्हम लगाउन सदैव तत्वर रहेको समेत उहाहरुले सन्देस पठाउनु भएको छ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?