जोशीले मनाए वृद्धसेवाकेन्द्रमा जन्मदिन

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १० का योगेन्द्र प्रशाद जोशीले आफ्नो जन्मदिन बृद्धआश्रममा मनाएका छन । जिवनको उत्तरार्धमा घर भन्दा टाढा बृद्धआश्रमको बाश भएका वृद्ध वृद्धा आमा वुवाहरु संगै जन्मदिन मनाउन पाउदा आफु भाग्यमानी भएको समेत जोशीले वताउनु भएको छ ।
घरमा धुमधामका साथ जन्म दिन मनाएर फजुल खर्च गर्नु भन्दा बेसाहारा आमा बुवाहरुलाई एक छाक भए पनी खाना खुवाउनु राम्रो भन्दै आईतवार कञ्चनपुरको वेदकोट स्थीत वृद्धसेवाकेन्द्र पुगेका जोशीले आफ्नै हातले खाना पकाएर बृद्धआश्रममा साहारा वनेकाहरुलाई खुवाएका छन । जोशीले आफ्नो २६ औँ जन्मदिनको अवशरमा बृद्ध आश्रममै पुगेर खाना खुवाउदै जन्मदिन मनाएका हुन ।

 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरमा प्राविधिक शाखामा कार्यरत जोशीले समाजिक सेवाको भावनाले रौटेला बैजनाथ बृद्ध सेवाकेन्द्रमा बस्दै आएका जेष्ठ बेसाहरा नागरिक संगै जन्मदिन मनाएका हुन । गाँउघरमा समेत सामाजिक कार्यहरमा सधै अग्रसर भई काम गर्ने जोशीले बृद्ध आश्रममा खाना, फलफुल एव दुध खुवाएका छन । जन्मदिनमा होटल तथा साथीभाईहरु संग बसेर फजुल खर्च गर्नु भन्दा भन्दा चिसो मौषममा समस्यामा परेका बृद्ध आश्रममा केही सक्दो सहयोग गर्ने उद्देश्यले बृद्ध सेवाकेन्द्रमा खाना खुवाएको उहाले वताउनु भयो । जोशीले बृद्धआश्रममै आएर खाना खुवाउदै जन्मदिन मनाएपछि बृद्धआश्रममा बस्दै आएका वृद्धवृद्धा आमाबुवाहरु समेत हर्षित भएका छन ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?