जोशीले मनाए वृद्धसेवाकेन्द्रमा जन्मदिन

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १० का योगेन्द्र प्रशाद जोशीले आफ्नो जन्मदिन बृद्धआश्रममा मनाएका छन । जिवनको उत्तरार्धमा घर भन्दा टाढा बृद्धआश्रमको बाश भएका वृद्ध वृद्धा आमा वुवाहरु संगै जन्मदिन मनाउन पाउदा आफु भाग्यमानी भएको समेत जोशीले वताउनु भएको छ ।
घरमा धुमधामका साथ जन्म दिन मनाएर फजुल खर्च गर्नु भन्दा बेसाहारा आमा बुवाहरुलाई एक छाक भए पनी खाना खुवाउनु राम्रो भन्दै आईतवार कञ्चनपुरको वेदकोट स्थीत वृद्धसेवाकेन्द्र पुगेका जोशीले आफ्नै हातले खाना पकाएर बृद्धआश्रममा साहारा वनेकाहरुलाई खुवाएका छन । जोशीले आफ्नो २६ औँ जन्मदिनको अवशरमा बृद्ध आश्रममै पुगेर खाना खुवाउदै जन्मदिन मनाएका हुन ।

 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरमा प्राविधिक शाखामा कार्यरत जोशीले समाजिक सेवाको भावनाले रौटेला बैजनाथ बृद्ध सेवाकेन्द्रमा बस्दै आएका जेष्ठ बेसाहरा नागरिक संगै जन्मदिन मनाएका हुन । गाँउघरमा समेत सामाजिक कार्यहरमा सधै अग्रसर भई काम गर्ने जोशीले बृद्ध आश्रममा खाना, फलफुल एव दुध खुवाएका छन । जन्मदिनमा होटल तथा साथीभाईहरु संग बसेर फजुल खर्च गर्नु भन्दा भन्दा चिसो मौषममा समस्यामा परेका बृद्ध आश्रममा केही सक्दो सहयोग गर्ने उद्देश्यले बृद्ध सेवाकेन्द्रमा खाना खुवाएको उहाले वताउनु भयो । जोशीले बृद्धआश्रममै आएर खाना खुवाउदै जन्मदिन मनाएपछि बृद्धआश्रममा बस्दै आएका वृद्धवृद्धा आमाबुवाहरु समेत हर्षित भएका छन ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?