एशियन लाइफ इन्स्योरेन्स महेन्द्रनगर शाखाद्वारा मृत्यु दाबी भुक्तानी

कंचनपुर । एशियन लाइफ इन्स्योरेन्सको महेन्द्रनगर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दशरथचन्द न.पा. वडा नं. १ निवासी स्व. बिरेन्द्र भट्टका परिवारलाई मृत्यु दावी भुक्तानीको रकम हस्तान्तरण गरेको हो ।
बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ परिवर्तन गर्दै कम्पनीले आईतबार महेन्द्रनगरमा मृतककी श्रीमती जयन्ती भट्टलाई एकमुष्ट रूपमा ६ लाख ५७ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । साथै मासिम शैक्षिक सुविधा अन्तर्गत मृतकका छोराको उमेर १६ बर्ष नहुदा सम्म बिमाकं रकम रु १०००००० को १ प्रतिशत अर्थात मासिक रु १०००० दश हजारका दरले उपलब्ध गराईने भएको छ ।
उक्त रकम सुदूरपश्चिम प्रदेशका उपक्षेत्रिय प्रमुख तथा महेन्द्रनगर शाखा प्रमुख जयानन्द भट्टले हस्तान्तरण गरेका थिए । मृतक बिरेन्द्र भट्टको २०७९ साउन महिनामा हृदयघातका कारण निधन भएको थियो । निजले ४ बर्ष अगाडी पांच लाख पच्चीस हजारको मृतक आफ्नो र २ बर्ष अगाडी रु १० लाखको आफ्नो छोराको बिमा गराएका थिए ।
कार्यक्रममा अभिकर्ता, कर्मचारी, स्थानिय संचार कर्मी तथा मृतकका परिवार आफन्तको उपस्थिती रहेको थियो साथै उक्त कार्यक्रममा प्रमुख भट्टले बिमा सम्वन्धी जानकारी मुलक कार्यक्रम गर्दै बिमाका फाईदाहरु बारे प्रकाश पार्नु भएको थियो ।
कम्पनीका बिजनेस म्यानेजर केशव दत्त जोशीले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्था भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा समयमै दावी भुक्तानी गर्दै आएको जानकारी गराएका थिए

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?