उपचार खर्च नहुँदा भारतमा बन्साहका युवा जोशी मृत्युको मुखमा

कञ्चनपुर,
गुजारा चलाउन कामका लागि भारत गएका कञ्चनपुरका एक (नेपाली) युवा मृत्यु को पखाईमा छन । शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवा रामदत्त जोशी अकालमै मृत्युको पखाईएमा पुगेका हुन ।
गरिबी, अभाव र बेरोजगारीले भारत बस्न बाध्य भएका युवा जोशी ५ पुषमा सडक दुर्घटनामा परेका थिए ।
भारतको बङलोरमा जोशीलाई सवारी साधन कारले ठक्कर दिएर भागेको थियो । अर्काको देश भएकाले ठक्कर दिने सवारी साधनको खोजबिनका लागि भारतीय प्रहरीले चासो नदिएपछि केही आफन्त र उतैका स्थानीय सहित प्रहरीले जोशीलाई उपचारका लागि अस्पताल लगेको थियो । कारको ठक्करबाट गम्भिर घाईते भएका जोशीको कन्फडो मल्टी स्पेशलिष्टी अस्पतालमा उपचारका भएको छ । उपचारका लागि ठुलो रकम चाहिने भएपछि मजदुर जोशीसंग पैशा नभएकाले उपचारमा समस्या आएको आफन्तले बताएका छन । झलारीको भ्युटप होटलमा कामगरेका जोशीको उपचारका लागि नेपालभारतमा अभियान समेत थालिएको छ । भारतमा घाईतको जेठान बासुदेव भट्ट नेपालमा मित दानसिह धामीले अभियान थालेका छन । घाईते जोशीका मित दानसिह धामीले झलारी बजारबाट उपचारका लागि सक्दो सहयोग संकलन शुरु गरिएको बताए । ‘हामीले पनि मितज्यूको उपचारका लागि स्थानीय झलारी बजारबाट सहयोग संकलन गरेका छौँ, ‘उनले भने, ‘व्यवसायी एव स्थानीयले सक्दो सहयोग गरिरहेका छन ।’ देशका तीन तीन सरकार छन, तर युवाका लागि रोजगारीका कार्यक्रम नल्याएपछि गुजारा चलाउन बाध्य भएर घरपरिवार देश छाडेर विदेशमा जाने त्यहाँ एकातिर श्रमशोषण अर्कातिर सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपर्ने बाध्यता कुन सरकारले बुझिदिने हुन । बुझेर पनि देखे न देखेको जस्तो गर्दै आएका सरकारले चुनावका बेला तीनै युवा प्रयोग गरेर सत्तामा पुगेको क्षण भरमै बिर्सिदै आएका छन । घर परिवार, आफन्तले सहयोगका लागि आब्हान गरेका छन ।
घाईते जोशीकी धर्मपत्नीको कञ्चनपुर झलारीमा रहेको मुक्तिबिकास बैक १५२२२३००७९७६३३०००००१ खाताका रकम जम्मा गरिदिन आब्हान गरेका छन

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?