मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकराज जोशीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। ‘गाडी सडकबाट खोलामा खसेको छ, ४/५ जना अचेत अवस्थामा छन्, मृत्यु भए/नभएको पुष्टि हुन सकेको छैन,’ पाटन नगरपालिका–४ का वडाध्यक्ष दीपक विष्टले भने।

घाइते ६ जनालाई उपचारका लागि पाटनस्थित अस्पताल पठाइएको छ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा खबर

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

हट्यो,उपत्यकामा दिउँसोको कर्फ्यु

भदौ २७ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?