क्षेत्र २(क) का जनता यसो भन्छन.. ‘बाम लोकतान्त्रिक गठबन्धनका युवा उम्मेदवार ‘सरल’को पक्षमा हामी सतिसाल झै उभिएका छौँ’

कञ्चनपुर, १मंसिर
आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट युवा उम्मेदवार ओम विक्रम भाट(सरल)को पक्षमा जनता दिनप्रतिदिन उर्लिदै आएका छन । जस्तो उपनाम सरल उस्तै सरल नेता भन्दै जनता गठबन्धनका उम्मेदवार सरलकै पक्षमा देखिएका छन । युवा उम्मेदवार सरल सबै जनतासंग सहज पहुँच घुलमिल हुने आरक्षपीडित एव बाल्यकालदेखि नै संघर्ष गरेका सरलको पक्षमा क्षेत्र २(क)कृष्णपुर र शुक्लाफाँटा जनता उर्लिदै आएका छन । कृष्णपुर नगरपालिका ५गुलरियाकी हरिना चौधरीले सरल जस्तो नाम उस्तै सहज नेता भएकाले भावि दिनमा जितेपछि पनि सहजै जनतासंग पहुँच घुलमिल हुने भएकाले आफुहरुका समस्या समाधानका लागि सहज हुने भन्दै उनले सरल सहित गठबन्धनलाई भारी मतले जिताउने घोषणा गरेकी छिन । कृष्णपुर नगरपालिका २का प्रेमराज जोशीले सबैभन्दा कान्छा युवा उर्जाशिल उम्मेदवार सरलका पक्षमा आफुहरु सतिसाल झै उभिएको बताए । शुक्लाफाँटा नगरपालिका ७ का जहेन्द्र सिहले जस्तो नाम उस्तै जनतासंग सहजै पहुँच राख्ने सरल नेता कहिले नजिताए कहिले जिताउने, उनलाई नजिताए कसलाई जिताउने भन्दै एक ढिक्का भएर सरल सहित क्षेत्र २ प्रतिनिधी सभा सदस्य तर्फ एनपी साउद र २(ख) बहादुर सिह थापालाई भारी मतका साथ जिताउने घोषणा गरेका छन । कृष्णपुर नगरपालिका ७ कलुवापुरका हरिस रानाले सरलले जिते स्थानीय समस्या समाधानका लागि सहजै भन्न सकिने बताउँदै अन्यले जिते घमण्ड, चरम जातिवादी भएको अनुभव सुनाए । कृष्णपुर नगरपालिका ९ रैकवारविचुवाका छोटेलाल चौधरीले केही मानिस थारु अन्य जातका नामा भोट मागिरहेको बताए । ‘अहिलेदेखि नै जात, भातका नाममा मत माग्नेले हामी निमुखा जनताको भलो गर्दैनन, ‘उनले भने, ‘बाम लोकतान्त्रिक गठबन्धनको नीति सिद्धान्त पार्टीको मर्म अनुरुप सरलले भोट मागिरहेका छन, यस्ता उम्मेदवारलाई हामी भरपुर साथ सर्मथन दिन्छौ ।’
सरल को हुन ? उनका के छन छ एजेण्डाहरु
दुई दशक अर्थात २० बर्ष अघि तत्तकालिन माओवादीले व्यवस्था परिर्वतनका लागि थालेको जनयुद्धमा होमिएका कञ्चनपुरका एक युवा नेता प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन । ०५९ सालदेखि माओवादी आन्दोलनमा होमिएका कञ्चनपुरका युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश सभा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन । प्रदेश सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र २(क)बाट सरल बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएर चुनावमा होमिएका छन ।
शारदा माध्यामिक विद्यालय कक्षा ९मा पढ्ने बेलादेखि नै सरल माओवादी आन्दोलनमा होमिएका थिए । अखिल क्रान्तिकारी जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका भाटसंग प्रत्यक्ष राजनीतिमा होमिएको २० बर्षे अनुभव छ ।
०५५ सालतिर तत्तकालिन रौतेलिविचुवा गाविस पटैया क्षेत्रबाट विस्थापित भाट परिवारको अहिलेसम्म पनि पुर्नस्थापना भएको छैन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट २(क) प्रदेश सभा सदस्यका उम्मेदवार भाट आरक्षपीडित पनि हुन । क्षेत्र २ संघ तर्फ काँग्रेसले पाएसंगै पुर्वमन्त्री एनपी साउद प्रतिनिधी सभा उम्मेदवार र २(ख) काँग्रेसले पाएसंगै संविधान सभा सदस्यका उम्मेदवार बहादुर थापा र २(क)बाट आफु सरल चुनावमा होमिएका छन ।
०६० सालतिर अखिल क्रान्तिकारीको १६ औँ जिल्ला सम्मेलनको तयारीमा रहेका भाट सहितका नेता कार्यकर्तालाई प्रहरीले ब्रम्हेदबदेखि हिरासतमा लिएपछि अखिल क्रान्तिकारीको सम्मेलनमा समेत सहभागि हुन पाएका थिएनन । ‘हामी शान्तिपुर्वक विद्यार्थी सम्मेलनको तयारीमा थिए, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सरलले भने, ‘उतिबेला वार्तापनि चलिरहेको थियो, सरकारी पक्षबाट पक्राउ गरी हिरासतमा राख्यो, आदरणीय अग्रज पत्रकार चित्राङ्ग थापा ज्यू सहितको रहोबरमा छाडियो ।’
त्यसपछि नेकपा माओवादी केन्द्र डडेल्धुराको कार्यालय सचिवको जिम्मेबारीमा काम गरेका सरललाई पार्टीले ०६१ देखि ०६३ शान्तिवार्तासम्म प्रभावको जिम्मा दिएको थियो । मुख्य गरेर घाईतेको उपचारदेखि पाटीको काममा रहेका सरल सरकार र माओवादीविच विस्तृत शान्ति सम्झौता भएपछि नेपाल फर्किएर चुनावमा होमिएका थिए ।
०६४ सालमा पाटी केन्द्रीय कार्यालयदेखि तत्तकालिन सुुप प्रदेशमा रहेका निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समितिको जिम्मेबारी दिईएको थियो । ०६५ सालमा माओवादी केन्द्र पहिलो पटक सरकारमा गएपछि माओवादी केन्द्रका तर्फबाट श्रममन्त्री भएका लेखराज भट्टको स्वकीय सचिवको रुपमा काम गरेका थिए । अपिसैपाल मासिक पत्रिका प्रकासनको जिम्मेबारी पाएका भाटले ०६९ साल मा भेरी कर्णाली राज्य समिति कार्याय सचिव, हेटौडा महाधिवेशन पछि कञ्चनपुर आएर जिल्ला पाटी कार्यालय सदस्य, ०७३ मा केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभाग सुप प्रमुख, हुँदै नेकपा हुँदा प्रदेश र अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेबारीमा छन । क्षेत्र २(क) माओवादी केन्द्रको भागमा परेपछि भाट चुनावी मैदानमा उत्रिएका हुन । स्थानीयदेखि केन्द्रसम्म छुट्टै राजनीतिक पहुँच छवि बनाएका सरल भुकम्प, नाकाबन्दी, कोरोना महामारी साथै विभिन्न प्राकृतिक प्रकोपमा समाजिक सेवा कार्य गर्दै आएका भाटले आफ्नो निर्वाचन क्षेत्रमा युवा केन्द्रीत एजेण्डा अघि सारेर चुनावी मैदानमा होमिएका छन । कोरोना महामारीका बेला कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा खाद्यान्न स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेका थिए । रत्नमावि चतहरीका टुहुरा आर्थिक रुपमा विपन्न भएका बालबालिकाको अभिभावक समेत बनेका भाटले शिक्षा क्षेत्रलाई आधुनिकरणीकण गर्ने बताए ।
३४ बर्षिया प्रदेश सभा सदस्यका उम्मेदवार सरलले युवालाई स्वरोजगार, एव उद्यमतर्फ जोड्ने योजना अघि सारेका छन । ‘अहिले विषेश गरेर युवा पुस्ता कुलतमा फस्दै गएका छन, ‘उनले भने, ‘कुलतबाट बचाउँदै युवा श्रमशक्तिलाई सदुपयोग गरेर समाजिक काममा लगाउँछु ।’ समाजलाई कसरी विकसित, सुसंस्कृत र सभ्य,भव

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?