एमाले कार्यकर्ता भन्छन, ‘राजावादी जिताउँनु भन्दा, संघर्षशिल गरिबका छोरा टेकेन्द्र भट्ट जिताउँछौँ’

कञ्चनपुर, १ मंसिर
कञ्चनपुर निर्वाचन क्षेत्र ३मा सत्ता गठबन्धन दल(काँग्रेस–माओवादी) र विपक्षी गठबन्धन दल नेकपा एमाले र राप्रपाविच गठबन्धन भएको छ । सत्ता गठबन्धनबाट क्षेत्र ३संघ तर्फ काँग्रेस केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखक, ३(क) माओवादी केन्द्रीय सदस्य एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट र ३(ख)मा काँग्रेस दोधाराचाँदनीका खम्बा बेल बहादुर राना अघि सारेको छ ।
विपक्षी गठनबन्धन संघ तर्फ एमाले पोलिट्ब्यूरो निर्वतमान संसद निरुदेवी पाल, ३(क)मा एमालेले राप्रपाका पुर्व प्रधानपञ्च धर्मराज जोशी र ३(ख)मा भीमदत्त नगरका निर्वतमान मेयर एव एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टलाई अघि सारेको छ ।
३(क)मा एमाले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पाटी परित्याग गरिरहेका छन । पार्टीले राजावादीसंग साँठगाँठ गरिरहेको भन्दै राजावादीलाई जिताउनु भन्दा कम्युनिष्ट गरिबको छोरो टेकेन्द्र भट्टलाई जिताउने भन्दै धमाधम एमाले पाटी परित्याग गरिरहेका छन । एमाले परित्याग गरेको भीमदत्त नगरका गगन लुहारले पार्टीले राजतन्त्र फर्काउने, राजावादी पाटीसंग गठबन्धन गरेर सच्चा कम्युनिष्टमाथि धोका दिएको छ, ‘उनले भने, ‘राजावादी जिताउनु भन्दा हामी त, माओवादी प्रवेस गरेर टेकेन्द्र भट्ट र गठबन्धन जिताउँछौँ ।’ एमाले परित्याग गरेर माओवादी प्रवेस गरेकी हरिना विकले गरिबको पाटी भनेर एमालेले लागियो, आज आएर राजावादीमा भोट हाल्नुपर्ने अवस्था, जो दलित समुदायका लागि सैय छैन । ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र भट्ट जी विज्ञान पढेका विद्यार्थी, गरिबका छोरा, न उनको मदिरा पसल छ, न अन्य कुनै व्यवसाय विशुद्ध राजनीतिमा कुर्बानी गरेका भट्टले जिते हामी जस्ता गरिबको भलो हुन्छ, ‘उनले भने, ‘धनी पैशावाला व्यवसायी, राजावादी जिताउनु भन्दा गरिबकै छोरा जिताउँछौँ ।’ नेकपा माओवादी केन्द्र क्षेत्र ३(क)का युवा नेता सुरेश भट्टले एमाले परित्याग गरेर माओवादी प्रवेसक्रम नरोकिएको बताए । ‘दैनिक दर्जनौँ एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेस गरिहेका छन, ‘उनले भने, ‘प्रवेस गरेका सबैले भन्दैछन, राजावादी र ब्यापारीलाई जिताए पैशावाला र व्यवसायीकै हित हुन्छ, हामी गरिबको हुँदैन, त्यसैले शासन सत्तामा हामीले गरिबलाई नै जिताउनुपर्छ ।’ बाम लोकतान्त्रिक गठबन्धनको हरेक चुनावी सभामा जनताको उत्साहजनक साथ सर्मथन रहेको नेता भट्टले बताए ।
निर्वाचन क्षेत्र ३(क) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र भट्ट को हुन ? यस कारण जित्नुपर्छ ।
टेकेन्द्र प्रशाद भट्ट आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन । बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार भट्ट माओवादी केन्द्रीय सदस्य हुन । युवा नेता भट्टलाई काँग्रेसको साथ रहेको छ । झण्डै अढाई दशकअघिदेखि राजनीतिमा सकृय रहेका भट्ट संविधान सभा सदस्य पनि हुन । ०६४ मा भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा भट्ट निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएका थिए ।
भट्टको नेपाली काँग्रेस पारिवारिक पृष्टभूमि हो । उनका बाबु स्व.तारादत्त भट्ट काँग्रेस सकृय कार्यकर्ता थिए । बाबुकै प्रेरणाबाट भट्ट बिएस्सी अध्ययन गर्दै गर्दै तत्तकालिन माओवादीले अघि सारेको जनयुद्धमा होमिए । महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा ०५५सालतिर बिएसस्सी अध्ययनकै क्रममा भट्ट राजनीतिमा होमिएका थिए । अध्ययनमा अब्बल भएकै कारण उनी सरकारी क्याम्पसमा विज्ञान विषय अध्ययन गरिरहेका थिए । ०५५ सालतिर नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी इकाई अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म जिम्मेबारी निर्वाह गरिसकेका छन । अखिल क्रान्तिकारी सिद्धनाथ विज्ञान क्याम्पस इकाई अध्ययन हुँदै भीमदत्त नगरको नगर अध्यक्ष, ०५६ सालमा जिल्ला अध्यक्षको जिम्मेबारी सम्हालिसकेका छन । ०५९ सालमा कञ्चनपुर–डडेल्धुरा पार्टीको सचिव, ०६० सालमा कञ्चनपुर–डडेल्धुराको जिल्ला इन्चार्ज, ०६१ सालमा कञ्चनपुर जिल्ला अध्यक्ष, ०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भएपछि राज्यको सासकिय निर्धारण समिति र व्यवस्थापिका ससदको अर्थश्रम सम्बन्धन समिति सदस्य भएर जिम्मेबारी निर्वाह गरेका थिए । संसद हुँदा अहिले निर्वाचनका सहकर्मी प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकसंगै काम गरेर सुप विश्वविद्यालय विधेयक पारित गराउनेदेखि दोधाराचाँदनीमा सुख्खाबन्दरगाह निर्माणका लागि पहलकर्ता रहेका थिए । पाटी निकट मोर्चा सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका भट्ट ०६९सालमा केन्द्रीय सदस्य र हाल पनि पार्टीको केन्द्रीय सदस्यमा जिम्मेबारी रहेको थियो ।
कञ्चनपुरको विकास निर्माणका लागि थुप्रै पहलकर्ता समेत रहेका भट्टले संविधान निमाणका लागि ३४ दलिय गठबन्धन कञ्चनपुरको संयोजनकर्ताको भूमिका समेत निर्वाह गरेका थिए । कञ्चनपुरको राजनीतिक, आर्थिक, समाजिक परिर्वतन र विकासका लागि भूमिका निर्वाह गरेका भट्टले यस पटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका छन । भट्टले संविधानको रक्षा गर्दै संविधानमा उल्लेख भएका व्यवस्था संस्थागत गर्न र क्षेत्रको दिगो विकास सम्बृद्धिका लागि आफुले उम्मेदवारी निर्वाह गर्ने एजेण्डा अघि सारेका छन । ‘मेरो निर्वाचन क्षेत्र उत्तरमा चुरे पश्चिममा महाकाली नदी पुर्वमा पनि नदी, मध्य भागमा बजार क्षेत्र र दक्षिणमा निकुञ्ज क्षेत्रसंगै जोडिएको छ, ‘उनले भने, ‘जिल्लाकै सदरमुकाम केन्द्र भएकाले भएका विद्यमान समस्या समाधान गर्छु ।’ केन्द्रमा समेत राजनीतिक प्रशासनिक पहुँच बनाएका भट्टले प्रदेशकै सार्मथ्य, चाहनाले पनि यस क्षेत्रका ठुला योजना संचालनमा कठिनाई हुने भएकाले केन्द्रसंग आवश्यक बजेट, पालिकासग समन्वय गरेर प्रदेशबाट सक्नेजती काम गर्ने बताए । भट्टले निर्वाचन क्षेत्रमा रहेका विद्यमान समस्य

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?