बिना मगरलाई क्षेत्रका जनताको अटुट साथ

नरेश राना
कञ्चनपुर, ३० कार्तिक
बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरलाई पुनर्वास नगरपालिका क्षेत्रका महिलाले अटुट साथ दिएका छिन ।
बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का विभिन्न गाँउ घर बस्तीमा आयोजित घरदैलो कार्यक्रममा पुनर्वास नगरका स्थानीय सहित महिलाले पुर्वमन्त्री मगरको साथ दिएका हुन । ०७० देखि निरन्तर बिना मगरले जितेपनि हारेपनि उनकै साथमा रहेको बताउदै महिलाहरुले अझैपनि मगरकै साथमा हुने विश्वास दिएका छन ।
पुनर्वास नगरपालिका १० विकासबस्तीकी पदमा रानाले बिना मगरले जिते क्षेत्रकै महिलाको सान हुने भएकाले आफुहरु त बिनाले जितेपनि हारेपनि बिना मगरकै साथमा हुने बताएकी छिन ।
‘यस क्षेत्रबाट बिना मगर जितेर मन्त्री भए हामीलाई व्यक्तगत केही नदिएपनि क्षेत्रकोविकास गरेकै छिन, ‘उनले भनिन, ‘बिनासंग व्यक्तिगत स्वार्थ लुटन गएका केही मान्छे अहिले रिसाएका पनि छन, त्यो सत्य हो, अहिले उनीसंगै क्षेत्रका महिला र जनताको अपार साथ सर्मथन छ ।’
घरदैलो कार्यक्रममा पुर्वमन्त्री मगरलाई पुनर्वास ११ डोकेबजारकी सन्तोषी तामाङ्गले भव्य स्वागत गर्दै बिना मगर क्षेत्रकै गौरब भएको धारणा राखिन । ‘बिना मगर हाम्रो क्षेत्र मात्र होईन सुदूरपश्चिमकै गौरब हो, ‘उनले भनिन, ‘हामीलाई त केही दिएपनि नदिएपनि महिला भएका नाताले बिना मगरकै साथमा छौँ ।’
सन्तोषी तामाङ्गले उस्तरी केही पार्टीहरु महिलाको उत्थानका लागि अनेकन कोरा भाषण छाड्दै आएको बताउदै जबकी महिलाको पीडा, उत्थानका लागि बाम लोकतान्त्रिक गठबन्धनले महिला उम्मेदबार नै अघि सारेपछि हामीले पछि किन पर्ने भन्दै आम महिलाबाट बिना मगरलाई मत दिन आब्हान गरिन । घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १की प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, १(क) प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु राना, माओवादी समानुपातिक उम्मेदवारद्वय राम बहादुर देउकर(रक्तबिज), फुल्लन राना सहितका गठबन्धनका नेता कार्यकर्ता सहभागि भएका थिए । बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र १मा घरदैलो अभियान जारी राख्दै जनताको साथ सर्मथन पाईरहेको माओवादी नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता कञ्चन गिरीले बताए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?