अपराजित राजनैतिक यात्रा पार गरेका बिष्ट भन्छ्न : प्रदेश सभा चुनाव पनि जितिन्छ ।

कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(२) मा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार छन् । प्रभावशाली नेता विष्टसँग नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बेलबहादुर रानाले प्रतिस्पर्धा गरिरहेका छन् । राना गत प्रदेशसभा निर्वाचन २०७४ सालमा उम्मेदवार भई नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारसँग पराजित भएका थिए । उम्मेदवार विष्ट स्थानीय तह निर्वाचन २०७४ सालमा भीमदत्त नगरपालिकाको मेयर भई हाल प्रदेशसभा सदस्य बन्ने दौडमा छन् । बिष्ट भन्छ्न ” यश पालिको चुनाव पनि जितिन्छ गठबंधन लाई हराएर चुनाव जितिन्छ जनताले गठबन्धन चाहेका छैनन बिकास र समृद्धि चाहेका हुन त्यो एमालेले पूरा गर्छ त्यसैले एमालेलाई जिताउनु पर्छ ”
उम्मेदवार विष्ट २०४७ सालदेखि सक्रिय राजनीतिमा लागेपछि कुनै पनि चुनावमा पराजित भएका छैनन् । २०५३ सालमा उनी सिद्धनाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित भएका थिए ।
२०६६ सालमा नेकपा एमाले कञ्चनपुरको जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख बनेका विष्ट २०६९ सालमा नेकपा एमाले कञ्चनपुरको जिल्ला कमिटी सचिव तथा संगठन विभाग प्रमुख बनेका थिए । २०७४ सालमा उनी भीमदत्त नगरपालिकाको नगर प्रमुख (मेयर) निर्वाचित भएका थिए । २०७८ पुसमा भएको पार्टीको कञ्चनपुर जिल्ला अधिवेशनबाट विष्ट जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
कांग्रेसको प्रभाव क्षेत्र मानिएको भीमदत्त नगरपालिकामा मेयर निर्वाचित भइसकेका विष्टले आफूले मेयर हुँदा गरेका काम र विकास–निर्माण कार्यलाई देखाएर प्रचारप्रसार गरिरहेका छन् । विष्टले आफ्नो कार्यकालमा भीमदत्त नगरपालिका उत्कृष्ट भएको बताउँदै बाँकी रहेका काम पूरा गर्ने र दोधाराचाँदनीलाई विकासको अनुभूति गराउने प्रतिबद्धता जाहेर गरिरहेका छन् ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?