अपराजित राजनैतिक यात्रा पार गरेका बिष्ट भन्छ्न : प्रदेश सभा चुनाव पनि जितिन्छ ।

कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(२) मा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार छन् । प्रभावशाली नेता विष्टसँग नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बेलबहादुर रानाले प्रतिस्पर्धा गरिरहेका छन् । राना गत प्रदेशसभा निर्वाचन २०७४ सालमा उम्मेदवार भई नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारसँग पराजित भएका थिए । उम्मेदवार विष्ट स्थानीय तह निर्वाचन २०७४ सालमा भीमदत्त नगरपालिकाको मेयर भई हाल प्रदेशसभा सदस्य बन्ने दौडमा छन् । बिष्ट भन्छ्न ” यश पालिको चुनाव पनि जितिन्छ गठबंधन लाई हराएर चुनाव जितिन्छ जनताले गठबन्धन चाहेका छैनन बिकास र समृद्धि चाहेका हुन त्यो एमालेले पूरा गर्छ त्यसैले एमालेलाई जिताउनु पर्छ ”
उम्मेदवार विष्ट २०४७ सालदेखि सक्रिय राजनीतिमा लागेपछि कुनै पनि चुनावमा पराजित भएका छैनन् । २०५३ सालमा उनी सिद्धनाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित भएका थिए ।
२०६६ सालमा नेकपा एमाले कञ्चनपुरको जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख बनेका विष्ट २०६९ सालमा नेकपा एमाले कञ्चनपुरको जिल्ला कमिटी सचिव तथा संगठन विभाग प्रमुख बनेका थिए । २०७४ सालमा उनी भीमदत्त नगरपालिकाको नगर प्रमुख (मेयर) निर्वाचित भएका थिए । २०७८ पुसमा भएको पार्टीको कञ्चनपुर जिल्ला अधिवेशनबाट विष्ट जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
कांग्रेसको प्रभाव क्षेत्र मानिएको भीमदत्त नगरपालिकामा मेयर निर्वाचित भइसकेका विष्टले आफूले मेयर हुँदा गरेका काम र विकास–निर्माण कार्यलाई देखाएर प्रचारप्रसार गरिरहेका छन् । विष्टले आफ्नो कार्यकालमा भीमदत्त नगरपालिका उत्कृष्ट भएको बताउँदै बाँकी रहेका काम पूरा गर्ने र दोधाराचाँदनीलाई विकासको अनुभूति गराउने प्रतिबद्धता जाहेर गरिरहेका छन् ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?