एमाले भिमदत्त नगर कमिटी सदस्य तथा वडा उपाध्यक्ष भाट समाजवादिमा प्रवेश

महेन्द्रनगर। नेकपा एमाले भीमदत्त नगरपालिका १० का वडा कमिटि उपाध्यक्ष तथा नगर कमिटि सदस्य हेमन्त सिंह भाट नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन्।

शनिबार नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्यद्वय एवं सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मलिला मन्त्रि तथा कंचनपुर क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश रावलले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए।

नेकपा एमालेले पार्टीको शिद्धान्त विपरित राप्रपा सँग चुनावी तालमेल गरेकोले एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेको नेता भाटले बताए।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थाई कमिटि सदस्य उर्बादत्त पन्त, केन्द्रिय सल्लाहकार परिषद सदस्य गणेश सिंह धामी, जिल्ला सचिव हरक सिंह धामी, जिल्ला उप-सचिव राजेन्द्र पाण्डेय, जिल्ला कमिटि सदस्य हिरा सिंह बिस्ट लगायतका नेता कार्यकर्ताहरुले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?