एमाले भिमदत्त नगर कमिटी सदस्य तथा वडा उपाध्यक्ष भाट समाजवादिमा प्रवेश

महेन्द्रनगर। नेकपा एमाले भीमदत्त नगरपालिका १० का वडा कमिटि उपाध्यक्ष तथा नगर कमिटि सदस्य हेमन्त सिंह भाट नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन्।

शनिबार नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्यद्वय एवं सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मलिला मन्त्रि तथा कंचनपुर क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश रावलले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए।

नेकपा एमालेले पार्टीको शिद्धान्त विपरित राप्रपा सँग चुनावी तालमेल गरेकोले एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेको नेता भाटले बताए।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थाई कमिटि सदस्य उर्बादत्त पन्त, केन्द्रिय सल्लाहकार परिषद सदस्य गणेश सिंह धामी, जिल्ला सचिव हरक सिंह धामी, जिल्ला उप-सचिव राजेन्द्र पाण्डेय, जिल्ला कमिटि सदस्य हिरा सिंह बिस्ट लगायतका नेता कार्यकर्ताहरुले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?