कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी ३१ जना समाजवादी प्रवेश

महेन्द्रनगर। स्वतन्त्र एवं विभिन्न पार्टी परित्याग गरी कञ्चनपुरको बेदकोट वडा न. ८ मा ३१ जना नेताहरु नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए संगै कञ्चनपुरमा एक पार्टी परित्याग गरि अर्को पार्टीमा जानेहरुको सिलसिला बढ्दो क्रममा छ।

शुक्रबार साँझ बेदकोटको वडा न. ८ शुभकामना टोलमा संजिव डंगौराको अध्यक्षतामा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य, कंचनपुर जिल्ला सह-इन्चार्ज तथा प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश रावलले अबिर र फुलमाला लगाएर आफ्नो पार्टीमा प्रवेश गराएका हुँन्।

आफुहरु बिकासप्रेमी भएको र विगतका दिनमा समाजवादीका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रि प्रकाश रावलले गरेका विकास निर्माणका काम बाट प्रभावित भएर पार्टी प्रवेश गरेको जनाएका छन्।

पार्टी प्रबेश गर्नेमा बेदकोट ८ का उमेश चन्द, पदम बम, वीर ब. रैसाल, शेर बहादुर बम, तुलसी चौधरी, आसा चौधरी, महेश चौधरी, किसन सार्की, दिपक सार्की, राज सिंह साउद, सिद्धराम डंगौरा, सिता डंगौरा, कलावती डंगौरा, प्रेम डंगौरा, अन्जना डंगौरा, राजेश डंगौरा, सिद्ध सार्की, मनोज सार्की, प्रबिन रैकाल, दिपक सार्की, खगेश्वरी के.सी, अर्बिन डंगौरा, मेहक डंगौरा, अशोक डंगौरा, विक्रम डंगौरा, पल्टा डंगौरा, ज्ञानु डंगौरा, नन्द रैसाल, दिपक बम, दल बम रहेका छन्।

ठाउँ-ठाउँमा मन्त्रि रावलले गरेका कामहरुको प्रशंशा भैरहेको र आफ्नो जित सुनिक्षत भैसकेको अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य प्रजोल कुँवरको भनाइ छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?