कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी ३१ जना समाजवादी प्रवेश

महेन्द्रनगर। स्वतन्त्र एवं विभिन्न पार्टी परित्याग गरी कञ्चनपुरको बेदकोट वडा न. ८ मा ३१ जना नेताहरु नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए संगै कञ्चनपुरमा एक पार्टी परित्याग गरि अर्को पार्टीमा जानेहरुको सिलसिला बढ्दो क्रममा छ।

शुक्रबार साँझ बेदकोटको वडा न. ८ शुभकामना टोलमा संजिव डंगौराको अध्यक्षतामा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य, कंचनपुर जिल्ला सह-इन्चार्ज तथा प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश रावलले अबिर र फुलमाला लगाएर आफ्नो पार्टीमा प्रवेश गराएका हुँन्।

आफुहरु बिकासप्रेमी भएको र विगतका दिनमा समाजवादीका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रि प्रकाश रावलले गरेका विकास निर्माणका काम बाट प्रभावित भएर पार्टी प्रवेश गरेको जनाएका छन्।

पार्टी प्रबेश गर्नेमा बेदकोट ८ का उमेश चन्द, पदम बम, वीर ब. रैसाल, शेर बहादुर बम, तुलसी चौधरी, आसा चौधरी, महेश चौधरी, किसन सार्की, दिपक सार्की, राज सिंह साउद, सिद्धराम डंगौरा, सिता डंगौरा, कलावती डंगौरा, प्रेम डंगौरा, अन्जना डंगौरा, राजेश डंगौरा, सिद्ध सार्की, मनोज सार्की, प्रबिन रैकाल, दिपक सार्की, खगेश्वरी के.सी, अर्बिन डंगौरा, मेहक डंगौरा, अशोक डंगौरा, विक्रम डंगौरा, पल्टा डंगौरा, ज्ञानु डंगौरा, नन्द रैसाल, दिपक बम, दल बम रहेका छन्।

ठाउँ-ठाउँमा मन्त्रि रावलले गरेका कामहरुको प्रशंशा भैरहेको र आफ्नो जित सुनिक्षत भैसकेको अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य प्रजोल कुँवरको भनाइ छ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?