दोधाराचाँदनी ‘काँग्रेसका खम्बा’ बेल बहादुर राना प्रदेश सभाको यात्रामा

कञ्चनपुर, २५ कार्तिक
बेल बहादुर राना(मगर) नेपाली काँग्रेस दोधाराचाँदनीको चर्चित नाम हो । बेल बहादुर राना र दोधाराचाँदनी एक अर्काका परिपुरक जस्तै परिचित छन । ४२ बर्षदेखि नेपाली काँग्रेसको ग्रामिण राजनीतिमा होमिएका तीनै बेल बहादुर अहिले प्रदेश सभा सदस्यको यात्रामा छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट बेल बहादुर क्षेत्र ३(ख) प्रदेश सभा सदस्यको यात्रामा चुनावी मैदानमा होमिएका हुन ।
यस अघि ०७४ मा झिनो मतले पराजित भएका राना अहिले दोस्रो पटकको प्रयासमा प्रदेश सभा सदस्य बन्ने सपना बोकेर चुनावी मैदानमा होमिएका छन । १७ बर्षको किशोर उमेरमा महेन्द्रनगरको बैजनाथ माविमा अध्ययनकै क्रममा काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका थिए । ०३७, ०४६ र ०६२÷०६३को दोस्रो जनआन्दोलनमा प्रत्यक्ष सहभागि भएर पटक पटक हिरासतदेखि घाईते भएका बेल बहादुर रानाले राजनीतिसंगै समाजिक रुपमा समेत ख्याती कमाएका छन । भानु माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, भानु बहुुुमुखी क्याम्पस संयोजकदेखि विभिन्न समाजिक क्षेत्र र दोधाराचाँदनी नगरको विकासका लागि संघर्ष गरेका थिए ।
बेल बहादुर यस अघि पनि स्थानीय निकायको जनप्रतिनिधी भईसकेका छन । ०३७ सालमा नेवि संघको राजनीतिमा होमिएका बेल बहादुर विभिन्न राजनीतिक जिम्मेबारी सम्हालेसंगै अहिले पार्टीको महाधिवेशन प्रतिनिधी भएका छन । ०४९ सालमा पहिलो पटक तत्तकालिन जिल्ला विकास समितिको सदस्य भएका बेल बहादुर ०५४ सालमा दोधारा गाविसको अध्यक्ष भएका थिए । २५ बर्षमा बेल बहादुर पुन राजकीय जिम्मेबारीमा कमब्याक हुन अनवरत रुपमा प्रयासमा छन ।
पार्टीको ११ औँदेखि १४ औँ महाधिवेशन सम्म निरन्तर महाधिवेशन प्रतिनिधी भएका बेल बहादुर अधिल्लो पटक ०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा झिनो मतले पराजित भएका थिए । अधिल्लो प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा काँग्रेस एक्लै र
(माओवादी केन्द्र–एमाले)विच बाम गठबन्धन भएको थियो । दुई ठुला पाटीविच बाम गठबन्धन हुँदा झिनोमतले पराजित भएका बेल बहादुरले अहिले उतिबेलाका प्रतिस्पर्धी दल, तिनका उम्मेदवार आफ्नै साथमा रहेका हुँदा खुसी भएका छन । ‘मेरा उतिबेलाका प्रतिस्पतर्धी दाजु मान बहादुर सुनार अहिले मेरो सहकर्मी भएका छन, उनको दल माओवादी सहित सत्ता गठबन्धन हामीसंगै छ, ‘बेल बहादुरले भने, ‘म उत्साहित भएको छु ।’ उतिबेला काँग्रेस एक्लै चुनावी मैदानमा होमिएका बेला बेल बहादुर एक्लै १३ हजार ५३९ मत ल्याएका थिए । किशोर, युवा जिवन राजनीतिमा व्यतित गरेका बेल बहादुर राना बृद्ध अवस्थाको शुरुवाती चरणसम्मपनि रानीतिक र समाजिक रुपमा सकृय भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र ३(ख) प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुरले दर्जनौँ चुनावी एजेण्डा अघि सारेर घरदैलोमा हिडेका छन । ‘क्षेत्र ३(ख) सिङ्गो दोधाराचाँदनी नगरपालिका र भीमदत्त नगरपालिका ११, १२, १३, १४, १५, १६ र १८ मा विपद् जोखिम सहित थुप्रै समस्या छन, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रानाले भने, ‘मैले आफ्नो तहबाट सक्नेजती समाधान गर्छु ।’ नदीको कटानी नियन्त्रण गर्दै विपद्को जोखिमबाट जनतालाई मुक्ति दिलाउँछु ।
निर्वाचन क्षेत्रलाई सडक सञ्जालसंग जोड्दै स्तर बृद्धि गर्छु, महाकाली, जोगबुढा नदी नियन्त्रण गरेर कृषियोग्य भूमि संरक्षण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँछु, भानु बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउँछु, सिँचाई विस्तार गर्छु, निकुञ्जबाट गाँउ बस्ने जंगली जनावरको क्षति न्यूनिकरणका लागि दिर्घकालिन योजना बनाउँछु । दोधाराचाँदनीमा खेलकुद स्टडियम बनाउने, मझगाँउ विमानस्थलको काम शुचारु गराउने, दोधाराचाँदनी सुख्खा बन्दरगाहका काम अघि बढाउन पहल गर्छु । ‘दोधाराचाँदनीको अधिकाँस क्षेत्र र केही भीमदत्त नगरका वडामा सीमा समस्या छ, ‘बेल बहादुरले भने, ‘मेरो तहबाट सक्दो सहजिकरण गर्छु ।’ प्राकृतिक स्रोत साधनको उपोग गरेर दुवै पालिकाका आर्थिक स्रोत बृद्धि गर्दै, छाडा पशु चौपाया नियन्त्रण गरेर बहुमुखी योजना अघि सार्छु । युवा, दलित आदिवासी जनजाती लक्षित कार्यक्रम अघि सारेर गाँउघरमै उद्यमका कार्यक्रम संचालन गर्छु । ‘हाम्रो क्षेत्रमा थुप्रै ऐतिहासिक धार्मिक एव साँस्कृतिक पर्यटकीय स्थल छन, ‘बेल बहादुरले भने, ‘उक्त सबै पर्यटकीय क्षेत्रको प्रर्बद्धन गर्दै आर्थिक क्षेत्रको विकासतर्फ काम गर्छु ।’ दोधाराचाँदनी प्राथमिक स्वास्थ्यचौकीको स्तरबृद्धि गर्दै दोधाराचाँदनीका जनतालाई नगरकै उच्च स्वास्थ्य सेवा विस्तार गराउनुका साथै महाकाली अस्पतालको समेत विकास गर्ने चुनावी एजेण्डा अघि सारेका छन । ‘म सक्नेजति काम मात्रै जनतासंग खुला आब्हान गरिरहेको छुुँ, ‘बेल बहादुरले भने, ‘जनतालाई धेरै आश्वासन कम काम गर्दिन, मलाई पनि एक पटक सेवा गर्ने मौका दिनुहोस ।’

ताजा खबर

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?