पुनर्वासका गाँउबस्तीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका गलाभरी हजारी फुलका माला

सित्तल भट्ट, २५ कार्तिक
बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ मा निरन्तर घरदैलो चुनावी अभियान जारी राखेको छ । शुरुवाती चरणदेखि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले क्षेत्रका पालिका, वडा, गाँउघरबस्तीमा घरदैलो तिव्र पार्दै आएका छन ।
बाम लोकतान्त्रिक गठबन्धनका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार जहाँ जुन क्षेत्र, पालिका, वडा, गाँउघरबस्ती टोलमा घरमा पुग्छन, त्यहाँ जनताले आफ्नै बारीमा उत्पन्न भएको हजारी फुलका मालाले भव्य स्वागत गर्दै आएका छन ।
क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, क्षेत्र १(क) बन्धु राना, १(ख) दिवान सिह विष्ट, समानुपातिक उम्मेदवार प्रेमसिह बोहरा, राम बहादुर देउकर(रक्तबिज), दिपा चौधरी, फुल्न चौधरी सहितका समानुपातिक उम्मेदवारको गलाभरी हजारी फुलाका माला लगाएर स्वागत गर्दै आएका छन ।
गठबन्धनले संविधानको रक्षाका साथै सम्बृद्धि ल्याउने आशा भरोसा अपेक्षा सहित जनताहरु उर्लिएर उम्मेदवारको गलाभरी माला लगाईदिरहेका छन । शुक्रबार पनि बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, क्षेत्र २(क) बन्धु रानाले पुनर्वास नगरपालिका ४, ५, ६ र ९मा एकै दिन घरदैलो टोलभेला गरेका छन । भने क्षेत्र १(ख)का उम्मेदवार दिवान सिह विष्टले बेलौरी बेलडाँडीका विभिन्न बस्तीहरुमा घरदैलो गरेका छन । पुर्वमन्त्री बिना मगर, संविधान सभा सदस्य दिवान सिह विष्टले क्षेत्रको विकासका लागि भूमिका निर्वाह गरेको भन्दै जनताले दुवै गठबन्धनका उम्मेदवारलाई साथ सर्मथन रहेको पाईएको नेताहरुले बताए । बाम गठबन्धनका अर्का उम्मेदवार राना सीमा रक्षाका साथै जनताको पक्षमा काम गर्ने नेता भएकाले रानालाई समेत मातृभूमि रक्षाका साथै इमान्दार नेताका रुपमा हेरिएको छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का उम्मेदवार त्रय बिना मगर, दिवान सिह विष्ट र बन्धु रानाले घरदैलोमा जनताको अपार माया साथ समर्थन पाईएको बताएका छन । उम्मेबार त्रय मगर, विष्ट र रानाले जनताकै चाहना अनुरुप क्षेत्रको सम्बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?