पुनर्वासका गाँउबस्तीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका गलाभरी हजारी फुलका माला

सित्तल भट्ट, २५ कार्तिक
बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ मा निरन्तर घरदैलो चुनावी अभियान जारी राखेको छ । शुरुवाती चरणदेखि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले क्षेत्रका पालिका, वडा, गाँउघरबस्तीमा घरदैलो तिव्र पार्दै आएका छन ।
बाम लोकतान्त्रिक गठबन्धनका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार जहाँ जुन क्षेत्र, पालिका, वडा, गाँउघरबस्ती टोलमा घरमा पुग्छन, त्यहाँ जनताले आफ्नै बारीमा उत्पन्न भएको हजारी फुलका मालाले भव्य स्वागत गर्दै आएका छन ।
क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, क्षेत्र १(क) बन्धु राना, १(ख) दिवान सिह विष्ट, समानुपातिक उम्मेदवार प्रेमसिह बोहरा, राम बहादुर देउकर(रक्तबिज), दिपा चौधरी, फुल्न चौधरी सहितका समानुपातिक उम्मेदवारको गलाभरी हजारी फुलाका माला लगाएर स्वागत गर्दै आएका छन ।
गठबन्धनले संविधानको रक्षाका साथै सम्बृद्धि ल्याउने आशा भरोसा अपेक्षा सहित जनताहरु उर्लिएर उम्मेदवारको गलाभरी माला लगाईदिरहेका छन । शुक्रबार पनि बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, क्षेत्र २(क) बन्धु रानाले पुनर्वास नगरपालिका ४, ५, ६ र ९मा एकै दिन घरदैलो टोलभेला गरेका छन । भने क्षेत्र १(ख)का उम्मेदवार दिवान सिह विष्टले बेलौरी बेलडाँडीका विभिन्न बस्तीहरुमा घरदैलो गरेका छन । पुर्वमन्त्री बिना मगर, संविधान सभा सदस्य दिवान सिह विष्टले क्षेत्रको विकासका लागि भूमिका निर्वाह गरेको भन्दै जनताले दुवै गठबन्धनका उम्मेदवारलाई साथ सर्मथन रहेको पाईएको नेताहरुले बताए । बाम गठबन्धनका अर्का उम्मेदवार राना सीमा रक्षाका साथै जनताको पक्षमा काम गर्ने नेता भएकाले रानालाई समेत मातृभूमि रक्षाका साथै इमान्दार नेताका रुपमा हेरिएको छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का उम्मेदवार त्रय बिना मगर, दिवान सिह विष्ट र बन्धु रानाले घरदैलोमा जनताको अपार माया साथ समर्थन पाईएको बताएका छन । उम्मेबार त्रय मगर, विष्ट र रानाले जनताकै चाहना अनुरुप क्षेत्रको सम्बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?