लालझाडीगाँउ प्रमुख निर्मल राना आचारसंहिता बिपरित एमालेको प्रचारमा अन्य दल भन्छन, ‘एमाले जनप्रतिनिधीले निर्वाचन आचार संंहिताको धज्जी उठाउँदा निर्वाचन आयोग चुपचाप’

कञ्चनपुर, २५ कार्तिक
लालझाडी गाँउपालिका प्रमुख निर्मल राना निर्वाचन आचार संहिता विपरित एमाले प्रचारप्रसारमा हिडेका छन । निर्वाचन आयोगले जनप्रतिनिधीमाथि पनि आचार संहिता लागु गरेपनि लालझाडी गाँउ प्रमुख राना भने खुलेयाम एमालेको प्रचारमा हिडेका छन ।
‘राना एमालेका कुनै कार्यकारी पद र पदाधिकारीमा पनि छैनन, तर उनी क्षेत्र १मा आचार संहिता उलङघन गरेर एमालेको प्रचारमा होमिएका छन, ‘एक एमाले कार्यकर्ताले भने, ‘प्रचारमा मात्रै होईन लालझाडीमा एमालेलाई मत दिन आश्वासन र उर्दी जारी गरिरहेका छन ।’ एमाले क्षेत्र १का प्रतिनिधी सभा सदस्यका उम्मेदवार तारालामा तामाङ्गलाई बायापट्टी राखेर चुनाव प्रचार प्रसारमा हिडेका छन । गाँउप्रमुख पार्टीको काममा रातदिन हिडेपछि कार्यालयमा आउने सेवाग्राही मारमा पर्दै आएका छन । गाँउ प्रमुख रानाले एमालेका लागि आचारसंहिता उलङघन गर्दै खुलेयाम मत माग्ने, धम्काउनेदेखि प्रलोभनमा पार्ने फोटो भिडियो सर्वत्र भाईरल हुँदा समेत निर्वाचन आयोगले मौनता देखे नदेखे जस्तो गरेर पन्छिएको छ । एमाले बाहेक अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले यसरी खुलेयाम जनप्रतिनिधी कुनै एक पार्टी र उम्मेदवारका लागि मत माग्दा समेत निर्वाचन आयोग मौन देखिएको भन्दै भत्र्सना गरेका छन । ‘यो निर्वाचन आयोगले फरक दलका जस्तै काँग्रेस, माओवादी र समाजवादीका प्रमुख नेता एव तिनका अन्य नेता कार्यकर्ताले आचारसंहिता उलङघन गरेको आशकाकै भरमा चिठी पठाउन बेर लगाउँदैन, ‘लालझाडी बाम गठबन्धनका नेता हर्क रानाले भने, ‘यस्तो एमाले र अध्यक्ष ओलीले आचार संहिता उलङघन गरेको देख्दैन, देखेपनि नदेखेजस्तो गर्छ, यो आयोगको नेतृत्व एमाले कार्यकर्ता हो, कि आयुक्त हुन ?’ गाँउपालिका आउने सेवाग्राहीले समेत यसरी गाँउप्रमुख कुनै अमुख दलका लागि मत माग्न आचार संहित विपरित कार्य गरे आयोगले केही नगरेर जनता गाँउपालिकामा तालाबन्दी गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । लालझाडीका केही मान्छे आफुलाई स्वघोषित बुद्धिजिवी भन्ने तर, एमालेको रासमा रमाउने मान्छेहरुपनि अरुले आचार संहिता उलङघन गरेको भन्दै फेसबुक र प्रतिकारमै उत्रिने तर, आफ्नाले गरेर चुईक्क सम्म नबोल्ने गरेको भन्दै स्थानीयले आचार संहिता अनुगमनका लागि जिल्ला अनुगमन समितिसंग माग गरेको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?