क्षेत्र २(क) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ‘सरल’लाई युवाको दरिलो साथ

खडक कोली
निर्वाचनको मिति नजिकिदै जाँदा कञ्चनपुरमा राजनीतिक दल र तिनका उम्मेदवारले चुनाव प्रचारप्रसार तिव्र पारेका छन ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले समेत आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार तिव्र पारेका छन । प्रदेश सभा सदस्यका उम्मेदवार सरलले उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री एनपी साउद सहित सत्ता घटक काँग्रेस, माओवादी, समाजवादी र जनमोर्चाका नेता कार्यकर्तासंगै चुनावी प्रचार प्रसार तिव्र पारेका छन । क्षेत्र २(क) अन्र्तरगत पर्ने कृष्णपुर नगरपालिका १देखि ९ पुरै वडा, शुक्लाफाँटा नगरपालिका ७, ८, ९ र ११नम्बर वडाका गाँउघर बस्तीमा निरन्तर चुनावी अभियान थालेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता भीम भट्टले सत्ता गठबन्धनका तर्फबाट २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले चुनावी एजेण्डा लगेर आफ्नो निर्वाचन क्षेत्रमा पर्ने १३ वडाका गाँउघरबस्तीमा निरन्तर घरदैलो, भेटघाट गरिएको बताए । ‘बाम लोकतान्त्रिक गठबन्धनका युवा उम्मेदवार समेत रहेका सरललाई गठबन्धन बाहेक दल एव स्थानीय युवाको समेत दरियो साथ सर्मथन पाईएको छ, ‘भट्टले भने, ‘उम्मेदवार सरलले स्थानीय समस्या बुझ्ने, जनताका कुरा, समस्या सुनिरहेका छन ।’ बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २ का प्रतिनिधी सभा सदस्य एनपी साउद र प्रदेश सभा सदस्य सरललाई उक्त क्षेत्रका युवा सहित जनताको साथ सर्मथन रहेको नेता भट्टले बताए ।
चुनाव प्रचारप्रसारका लागि शुक्लाफाँटा नगरपालिका ७कालापानी पुगेका सरललाई स्थानीय युवा पदम सिहले बाम लोकतान्त्रिक गठबन्धनकै लहर चलिरहेकाले युवा उम्मेदवार सरललाई साथ दिने विश्वास दिएका छन । ‘अहिले संविधान रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको छ, ‘सिहले भने, ‘यस अघि हामीले ओली नेतृत्वको बाम गठबन्धनलाई दुई तिहाई मत दिए, न सरकार चलाउन सक्यो, जनताले दिएको म्याण्डेटपनि दुई दुई पटक भत्काएर जनमतका अपमान गरिदियो, यस्तालाई फेरी बहुमत दिनुको अर्थ छैन, त्यसैले यस पटक हाम्रो बाम लोकतान्त्रिक गठबन्धनलाई साथ र सर्मथन रहन्छ ।’ शुक्लाफाँटा नगरका चार वडा सहित कृष्णपुरका ९ वडाहरुमा चुनाव प्रचारप्रसारका क्रममा युवा सहित जनताको अपार साथसर्मथन पाईएको छ । कृष्णपुर नगरपालिका ९ रैकवारविचुवाका गणेश चौधरीले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका युवा उम्मेदवार ओम विक्रम भाट(सरल)लाई जिम्मेबारी दिएको हुँदा संविधान रक्षक पक्षधरलाई साथ सहयोग रहने विश्वास दिलाएका छन । ‘अहिले संविधान समावेसी संविधान हो, सबै जातजात धर्म, भाषाभाषी, सस्कृत मान्ने समुदायको प्रतिक संविधान हो, ‘चौधरीले भने, ‘अघिल्लो पटक ओली नेतृत्वको गठबन्धनलाई दुई तिहाई मत दिएर संसद एक पटक होईन दुई दुई पटक भङ गरिदिए, यो गठबन्धनले संघर्ष गरेर संविधान जोगायो, अब हामी पनि संविधान जोगाउने पक्षकै साथमा छौँ ।’ कृष्णपुर नगरपालिका ७ कलुवापुरकी सरीता रानाले संविधान रक्षक पक्षधर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय एनपी साउद र ओम विक्रम भाट(सरल)लाई साथ सर्मथन दिने बाचा गरेकी छिन । क्षेत्र २ बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवपुर्वमन्त्री एनपी साउद, क्षेत्र २(क)का उम्मेदवार ओम विक्रम भाट(सरल) र क्षेत्र २(ख) बहादुर सिह थापाले संविधान रक्षाका साथै स्थानीय विकास निर्माण गर्दै क्षेत्राई सम्बृद्धि बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?