काँग्रेस नेता लेखकले भने,– ‘एमालेले संविधान भत्काउन लागेपछि संविधान जोगाउने शक्ति एक ठाँउमा आए’

कञ्चनपुर, २४
नेपाली काँग्रेस नेता एव बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकले एमालेले संविधान भत्काउन, च्यात्न थालेपछि संविधान जोगाउने शक्ति एक ठाँउमा आएको बताउनुभएको छ । बिहीबार भीमदत्त नगरपालिका ७हल्दुखालमा आयोजित चुनावी सभा सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार लेखकले ‘एमाले सहित मिलेर ल्याएको संविधान अहिले एमाले उहाँहरु भत्काउने र च्यात्न लाग्नुभयो, त्यसैले संविधानको रक्षा व्यवस्था जोगाउनका लागि संविधान रक्षक शक्ति एक ठाँउमा आएको बताए । ‘एमाले संविधान च्यात्न र भत्काउन लाग्नु भयो, ‘लेखकले भने, ‘त्यसैले संविधानका रक्षक शक्ति एक ठाँउमा आएका हुन ।’लेखकले संविधान जोगराउने शक्ति एक ठाँउमा आएर बाम लोकतान्त्रिक गठबन्धन गरेको बताए । ‘यो विस्तृत शान्ति सम्झौतादेखि यता स्व. गिरिजा प्रशाद कोईराला र कमरेड प्रचण्डको एकै ठाँउमा दस्तकत गर्नुहुन्छ । यो संविधान र व्यवस्था जोगाउन शेर बहादुर देउवा र क.प्रचण्डले किन मिल्न नहुने ?, ‘लेखकले भने, ‘गिरिजा र प्रचण्ड मिलेर यो व्यवस्था ल्याउन हुन्छ, अब यसलाई जोगाउनका लागि शेर बहादुर देउवा मिल्न हुँदै भन्ने कुनै राजनीतिक सिद्धान्त हुन्छ, हुँदैन ।’
मोर्चाबन्दी एमालेले संविधान च्यात्दा जोगाउनका लागि भएको स्वष्ट पार्दै लेखकले संविधान जोगराउने शक्ति एक ठाँउमा उभिएको बताए । ‘अहिले संविधान र व्यवस्था जोगाउनका लागि भत्काउने र बचाउने शक्तिविच कार्यगत एकता भएको छ, उनले भने, ‘संविधान बचाउने काँग्रेस, माओवादी, समाजवादी, जनमोर्चा देखिएका छन, भत्काउनेमा एमाले, राप्रपा, राजावादी शक्ति अर्को ठाँउमा छन ।’ नेता लेखकले यो गठबन्धनलाई अत्यधिक मत दिएर जिताउनु समेत आग्रह गरेका छन । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले संघीयता चाहिदैन भन्नेहरु नै अहिले उम्मेदवार भएर प्रदेश सभामा जान जाहेकाले त्यसबाट प्रतिगमन ब्यूतपत्ती हुने बताए । ‘विस्तृत शान्ति सम्झौता, संविधान निर्माणदेखि कार्यान्वयनमा माओवादी–काँग्रेस सहितका शक्तिहरुविच ऐतिहासिक कार्यगत एकता भईरहेको छ, ‘उनले भने, ‘त्यसैको निरन्तरता स्वरुप अहिले संविधान र व्यवस्था जोगाउनका गठबन्धन भएको हो, एकातिर संविधान जोगाउने शक्तिको गठबन्धन भएको छ, अर्कातिर राजातन्त्र ल्याउने गठबन्धन भयो ।’ प्रदेश सभा सदस्यका उम्मेदवार भट्टले समेत क्षेत्र ३मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी मतले विजयी गराउन समेत आब्हान गरेका छन । कार्यक्रममा भीमदत्त नगरपालिका ७ बाम लोकतान्त्रिक गठबन्धनका स्थानीय नेता कार्यकर्ताहरुले उक्त वडाबाट भारी मतका साथ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा...

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट...

भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ...

शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?