खोकनाको ऐतिहासिक वस्ती संरक्षण र प्रवद्र्धनमा लागि पर्नेछु : मन्त्री भुसाल

ललितपुर, कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ऐतिहासक, पुरातात्विक क्षेत्रका रुपमा रहेको खोकनाको वस्ती संरक्षणमा लागिपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २० स्थित खोकना क्षेत्रको घरदैलोमा उहाँले खोकना ऐतिहासिक वस्ती संरक्षण र विकासमा आफू जहिले पनि जनताको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०७४ को निर्वाचनमा निर्वाचित भएपछि पनि आफूले खोकनाको ऐतिहासिक वस्ती संरक्षणमा निरन्तर आवाज उठाएको स्मरण गर्दै उहाँले पूरातत्व विभागले सो क्षेत्रको अध्ययन गर्ने र नेपाल सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो । खोकना नेपालको इतिहासको पहिलो व्यवस्थित बसोबास भएको ठाउँका रुपमा रहेको छ । खोकनाभित्र ४०/५० रोपनी क्षेत्रमा कुदेसा भन्ने ऐतिहासिक ठाउँ छ । जुन एक हजार २०० वर्ष पहिलाको व्यवस्थित बसोबासको अवषेशका रुपमा रहेको पुरातत्वविद्को भनाइ छ ।

उहाँले विकासनिर्माणका नाममा खोकना क्षेत्रमा रहेका सिकाली मन्दिरलगायत ऐतिहासिक संरचनालाई प्रभाव पार्न नहुने बताउनभुयो । यहाँको ऐतिहासिक संरचना ओझेलमा पर्छ की भनेर खोकना क्षेत्रका जनताको चिन्तालाई आफूले नजिकबाट नियालेको भन्दै उहाँले खोकनाको ऐतिहासिकतामाथि दखल पुग्ने योजना परिमार्जन गर्ने गरी सबैले सोच्नुपर्ने बताउनुभयो ।

उहाँसँगै नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा (२)का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ घरदैलोमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उहाँले ललितपुरको विकास र आर्थिक समृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ऐतिहासिक बस्तीको संरक्षण र प्रवद्र्धन गर्दै विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिँदै श्रेष्ठले आगामी दिनमा वाम–लोकतान्त्रिक गठबन्धनका दलसँग सहकार्य गरेर विकासका कार्यक्रम तय गरिने विश्वास दिलाउनुभयो ।

त्यसैगरी आज बिहान मन्त्री भुसाल र सभापति श्रेष्ठले ललितपुर महानगर वडा नं २२ को बुंगमती क्षेत्रमा घरदैलो गर्नुभएको थियो । घरदैलोका क्रममा उहाँहरूले बुंगमती बसपार्क, साँचो टोल, रातो मच्छिन्द्रनाथ, मच्छिन्द्र वहाल हुँदै फर्सीडोलसम्म पुगी मतदातासँग अन्तरक्र्रिया गर्नुभएको थियो ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?