खोकनाको ऐतिहासिक वस्ती संरक्षण र प्रवद्र्धनमा लागि पर्नेछु : मन्त्री भुसाल

ललितपुर, कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ऐतिहासक, पुरातात्विक क्षेत्रका रुपमा रहेको खोकनाको वस्ती संरक्षणमा लागिपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २० स्थित खोकना क्षेत्रको घरदैलोमा उहाँले खोकना ऐतिहासिक वस्ती संरक्षण र विकासमा आफू जहिले पनि जनताको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०७४ को निर्वाचनमा निर्वाचित भएपछि पनि आफूले खोकनाको ऐतिहासिक वस्ती संरक्षणमा निरन्तर आवाज उठाएको स्मरण गर्दै उहाँले पूरातत्व विभागले सो क्षेत्रको अध्ययन गर्ने र नेपाल सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो । खोकना नेपालको इतिहासको पहिलो व्यवस्थित बसोबास भएको ठाउँका रुपमा रहेको छ । खोकनाभित्र ४०/५० रोपनी क्षेत्रमा कुदेसा भन्ने ऐतिहासिक ठाउँ छ । जुन एक हजार २०० वर्ष पहिलाको व्यवस्थित बसोबासको अवषेशका रुपमा रहेको पुरातत्वविद्को भनाइ छ ।

उहाँले विकासनिर्माणका नाममा खोकना क्षेत्रमा रहेका सिकाली मन्दिरलगायत ऐतिहासिक संरचनालाई प्रभाव पार्न नहुने बताउनभुयो । यहाँको ऐतिहासिक संरचना ओझेलमा पर्छ की भनेर खोकना क्षेत्रका जनताको चिन्तालाई आफूले नजिकबाट नियालेको भन्दै उहाँले खोकनाको ऐतिहासिकतामाथि दखल पुग्ने योजना परिमार्जन गर्ने गरी सबैले सोच्नुपर्ने बताउनुभयो ।

उहाँसँगै नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा (२)का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ घरदैलोमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उहाँले ललितपुरको विकास र आर्थिक समृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ऐतिहासिक बस्तीको संरक्षण र प्रवद्र्धन गर्दै विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिँदै श्रेष्ठले आगामी दिनमा वाम–लोकतान्त्रिक गठबन्धनका दलसँग सहकार्य गरेर विकासका कार्यक्रम तय गरिने विश्वास दिलाउनुभयो ।

त्यसैगरी आज बिहान मन्त्री भुसाल र सभापति श्रेष्ठले ललितपुर महानगर वडा नं २२ को बुंगमती क्षेत्रमा घरदैलो गर्नुभएको थियो । घरदैलोका क्रममा उहाँहरूले बुंगमती बसपार्क, साँचो टोल, रातो मच्छिन्द्रनाथ, मच्छिन्द्र वहाल हुँदै फर्सीडोलसम्म पुगी मतदातासँग अन्तरक्र्रिया गर्नुभएको थियो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?