कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहको घोषणापत्र सार्वजनिक

महेन्द्रनगर। कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले घोषणापत्र सार्वजनिक गरेका छन्। आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्दै सिंहले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र विकासलाई प्राथमिकता दिने प्रतिवद्धता गरेका छन्। घोषणापत्रमा महाकाली प्रादेशिक अस्पताललाई मेडिकल कलेज, दुग्धजन्य उद्योगमा लगानी, हरेक वडामा स्वास्थ्य चौकी, बिपन्न परिवारका विद्यार्थीलाई निशुल्क उच्च शिक्षा, ब्रम्हदेवको सिद्धबाबाबाट झिलमिलासम्म केवलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन, दोधारा चादनी र भीमदत्तलाई स्मार्ट सिटी बनाउने उल्लेख गरिएको छ। यस्तै, दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा योग तथा ध्यान केन्द्रहरु सञ्चालन, हरेक वडामा खेल मैदान निर्माण, स्वच्छ खानेपानीको दीगो व्यवस्था,दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माण, दोधारा चाँदनीमा औद्योगिक क्षेत्रका लागि पहल गर्नेलगायतका विषयलाई उनले घोषणापत्रमा समेटेका छन्।
यस्ता छन् प्रतिवद्धता
कृषि क्षेत्र ः
–अनुदानमा भइरहेको बेथिती रोकेर उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिने छु ।
–उत्पादनमुखि कृषि क्षेत्रमै रोजगारी सृजना गर्ने छु ।
–कृषिमा आधुनिकीकरणमार्फत उत्पादन बृद्धिसंगै यसलाई सम्मानको
पेशा बनाउने छु ।
–नगदे वालीमा विशेष जोड दिइने छ ।
–फलफूल उत्पादनमा विशेष प्राथमिकता दिइने छ ।
–कृषि उद्योग स्थापना गरेर रोजगारीको वातावरण सृजना गरिने छ ।
–दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा कृषि संकलन केन्द्र स्थापना गरिने छ ।
–दुग्ध संकलन केन्द्र स्थापना, दुग्धजन्य उद्योगमा लगानी गरिने छ ।
–कृषि उत्पादनलाई बजारसम्म पु¥याउन कृषि उत्पादन वाहन सञ्चालन गरिने छ ।
–तरकारी भण्डारणका लागि भीमदत्त नगरपालिका र दोधारा चाँदनीमा एक÷एक चिस्यान केन्द्र स्थापना गरिनेछ ।
–रासायनिक मलको सहज आपुर्तीको लागि पहल गरिनेछ ।
–दोधारा चाँदनीलाई परबलको पकेट क्षेत्र बनाइनेछ ।
–भीमदत्तको राजमार्ग उत्तरको क्षेत्रलाई केरा पकेट क्षेत्र बनाइनेछ ।
–कृषि र पशु वीमामा जोड दिइने छ ।
–कृषि विज्ञान वा अन्य व्यवासयिक शिक्षालाई अनिवार्य विषय बनाएर पठनपाठन गर्ने नीति ल्याउन पहल गरिनेछ ।
स्वास्थ्य ः
–महाकाली प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रुपमा बिस्तार गरिनेछ ।
–हरेक वडामा स्वास्थ्य चौकी स्थापना गरिनेछ
–स्वास्थ्य वीमालाई प्राथमिकता दिइने छ ।
–दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरि थप विशेषज्ञ डाक्टर ल्याउन पहल गरिनेछ ।
–दलित, जनजाती र विपन्न वर्गलाई निुशल्क स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।
–भीमदत्त र दोधारा चाँदनीमा सर्पदंश उपचार केन्द्र स्थापना गरिनेछ ।
वन तथा वातावरण ः
–सामुदायिक वनमा जडीबुटी खेती गरेर रोजगारी सृजना गरिनेछ
–सामुदायिक वनको संरक्षणसंगै पर्यटन विकासमा जोड दिइनेछ
–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई प्रमुख गन्तब्यमा रुपमा विकास गरी पर्यटक भित्र्याउन प्रचार प्रसारमा जोड दिइनेछ ।
–निकुञ्जभित्र सफारीका लागि बाह्रै महिना चल्न सक्ने बाटो निर्माण गरिनेछ ।
–निकुञ्ज किनारमा वन्यजन्तुबाट हुने मानवीय तथा वालीनालीको क्षति न्यूनिकरणका लागि पहल गरिनेछ ।
–वन संरक्षणका लागि रुख बिरुवा र घाँस रोप्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
शिक्षा ः
–भीमदत्त र दोधारा चाँदनीका सबै विद्यालयलाई जस्ताको छाना मुक्त बनाइनेछ ।
–स्थानीय तहहरुसँग समन्वय गरेर सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरिनेछ ।
–छात्राहरुलाई निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिनेछ
–सबै विद्यालयमा सरकारी दरबन्दीका शिक्षक पदपुर्ती गर्न पहल गरिनेछ ।
–बालबालिकालाई
अनुशासित बनाउन नैतिक शिक्षामा जोड दिइनेछ ।
–सुदूरपश्चिम विश्वविद्यालयलयमा जडिबुटी, आयुर्वेद, पर्यटन र वातावरण लगायतका विषयको पठन पाठन सुचारु गरिनेछ ।
–सुदूरपश्चिम विश्वविद्यालयलाई व्यवस्थित र आन्दोलन मुक्त बनाइनेछ ।
–अति बिपन्न दलित, जनजाति र सीमान्तकृत समुदायका विद्यार्थीलाई निशुल्क रुपमा उच्च शिक्षाको सुरुवात गरिने छ।
रोजगारी ः
–कृषि उद्योगतर्फ युवालाई आकर्षित गरिनेछ ।
–लघु उद्योग स्थापना गरेर भीमदत्त नगरपालिकामा र दोधारा चाँदनी नगरपालिकामा रोजगारीका अवसर सृजना गरिनेछ ।
–नदीजन्य पदार्थको उत्खननलाई व्यवस्थित गरेर थप रोजगारी सृजना गरिनेछ ।
–सीपमुलक तालिम प्रदान गरेर स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
विकास निर्माण ः
–दोधारा चादनी र भीमदत्तलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने छु ।
–दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माणमा विशेष जोड दिइनेछ ।
–दोधारा चाँदनीमा औद्योगिक क्षेत्रका लागि पहल गरिनेछ ।
–दोधारा चाँदनी र भीमदत्त नगरपालिकाको सडक सुविधा
नपुगेको स्थानमा सडक सञ्जाल विस्तार गरिनेछ ।
–महाकाली सिंचाई आयोजना तेस्रो चरण अनतरगत ब्रम्ह्देव नहरको निर्माणको गति बढाउनुका साथै दोधारा चाँदनीमा तत्काल नहर निर्र्माणको काम सुरु गरिनेछ ।
–दोधारा चाँदनी र भीमदत्त मिलाएर उपमहानगरपालिका निर्माणका लागि पहल गरिनेछ ।
–दुवै नगरपालिकामा स्वच्छ खानेपानीको दीगो व्यवस्था गरिनेछ ।
–महाकाली तटीय क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमा वनभोजस्थल निर्माण गरिनेछ ।
–खल्ला मुसेट्टी जोडन सडक स्तरोन्नति गरिनेछ ।
–खल्ला मुसेटटीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने छु ।
–भारत उत्तराखण्डको पुर्णागिरी हुदै खल्लाको प्राचिन सिद्धबाबा, ब्रम्हदेवको सिद्धबाबा, झिलमिला ताल, भम्केनी धाम, विष्णुधाम, रौटेला
वैजनाथ मन्दिर हुदै महेन्द्रनगरको सिद्धबाबा मन्दिर र शिबधामलाई जोडेर धार्मिक सर्किटमा जोडने छु ।
–ब्रम्हदेवको सिद्धबाबाबाट झिलमिलासम्म केवलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने छु ।
–दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा योग तथा ध्यान केन्द्रहरु
सञ्चालन गर्ने छु ।
–महाकाली नदीको बहुउपयोग (जल विहार, माछा संरक्षण, सिंचाई नदी कटान नियन्त्रण) गर्ने छु ।
सबै वडामा विद्युत विस्तारसंगै नियमित आपुर्ती गर्ने छु ।
खेलकुद ः
–कबड्डी, भलिबल, हक्की र क्रिकेट खेललगायतको विकास र प्रबद्र्धनका लागि उपयुक्त खेलमैदानको व्यवस्थापन गर्ने छु ।
–राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान र जीविकोपार्जनका लागि उचित व्यवस्था गर्ने छु ।
–हरेक वडामा खेल मैदान निर्माण गर्ने छु । दोधारा चादनीमा कभर्ड हल निर्माण गर्ने छु।
–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रशिक्षण केन्द्रहरु सञ्चालमा जोड दिने छु ।

विबिध
–अव्यवस्थित बसोबासी, भूमिहीन, दलित र विपन्न वर्गका लागि उचित आवाससहितको नमुना बस्तीको बिकास गर्ने छु ।
–सामाजिक सुरक्षा
गरिबीका कारण न्यायबाट बञ्चित भएकालाई निशुल्क न्याय सेवा दिने छु ।
व्यवस्थित बृद्धाश्रम सञ्चालन गर्ने छु ।
कुलतमा लागेकाहरुलाई कुलतबाट छुटाउन आवश्यक कार्यक्रम
सञ्चालन गर्ने छु । सुधार गृह सञ्चालन गर्ने छु ।
टुहुरा वालवालिकाका लागि अनाथालय सञ्चालन गर्ने छु ।
छाडा चौपाया व्यवस्थापनका लागि पहल गर्ने छु ।
सुदूरपश्चिमको लोक कला र संस्कृतिको संरक्षण संबद्र्धनका लागि
प्रोत्साहनमुखि कार्यक्रम सञ्चालन गर्ने छु ।
नदी नियन्त्रण
बाढी र कटान नियन्त्रणका लागि चुरेबाट बग्ने नदी नालामा तटबन्ध निर्माण गर्ने छु ।
जोगबुडा र महाकाली नदीबाट भइरहेको कटान, डुबान र पटान नियन्त्रणका लागि स्तरीय र दिगो बाँध निर्माण गरेर नियन्त्रण गर्ने छु ।
चुरे क्षेत्रमा आउने पहिरो राकेथामका लागि बृक्षारोपाण कार्यक्रम सञ्चालन गर्ने छु ।
दोधारा चाँदनीको जोगबुडा पारीका कुतियाकवर, सुन्दरनगर, कञ्चनभोज र बडुवाल टोललाई सुरक्षित र व्यवस्थित वस्तीका रुपमा विकास
गर्ने छु ।
सार्बजनिक स्थानहरुमा शौचालय निर्माण, सडक बत्ती जडान र बिद्युत नपुगेको ठाउँमा त्यसको पहूच पुगाइने छ। दुर्गमका बस्तीमा मोबाइल टावर र इन्टरनेट सेवा बिस्तारका लागि पहल गर्ने छु ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?