पुर्वमन्त्री लेखक र संविधानसभा सदस्य भट्टको एक स्वर ‘क्षेत्र ३ मा बाम लोकतान्त्रिक गठबन्धन जिताउ

कञ्चनपुर, २० कार्तिक
कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा सत्ता पक्षीय (काँग्रेस–माओवादी) र विपक्षीय गठबन्धन(एमाले–राप्रपा)का उम्मेदवारविच प्रतिस्पर्धा हुने भएको छ ।
क्षेत्र ३मा सत्तापक्षीय दुई राजनीतिक दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रविच मात्रै गठबन्धन भएको छ । भने सत्ता विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीविच गठबन्धन भएको छ । दुवै गठबन्धनका उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री रमेश लेखक, क्षेत्र ३(क) मा संविधानसभा सदस्य टेकेन्द्र प्रशाद भट्ट,३(ख) मा काँग्रेसका पुराना नेता बेल बहादुर राना र राप्रपा–एमाले गठबन्धनमा प्रतिनिधी सभा सदस्य तर्फ निर्वतमान संसद निरुदेवी पाल, क्षेत्र ३(क)मा पुर्व प्रधानपञ्च धर्मराज जोशी र ३(ख) एमाले कञ्चनपुरका अध्यक्ष एव भीमदत्त नगरका तत्तकालिन मेयर सुरेन्द्र विष्ट चुनावी मैदानमा होमिएका छन । चुनावी प्रचार प्रसारका क्रममा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षर््ोत्र ३प्रंतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकले क्षेत्र ३मा गठबन्धन जिताउनुको विकल्प नभएको बताउँदै आएका छन । लेखकले जहाँको भाषणमा पनि संघ तर्फ आफु र क्षेत्र ३(क)माओवादी नेता एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट र ३(ख)मा काँग्रेस दोधाराचाँदनीका खम्बा बेल बहादुर रानालाई अत्यधिक मत दिई चुनावमा जिताउन आब्हान गर्दै आएका छन ।
लेखकले काँग्रेसका नेता कार्यकर्ताहरुलाई ढुक्क भएर काँग्रेस, माओवादी भन्दा पनि अहिलेको लोकतान्त्रिक गठबन्धन अुनरुप तीनै उम्मेदवारलाई ढुक्क भएर मत हाल्नुको विकल्प नभएको भन्दै त्यसै अनुरुप चुनावमा खट्न निर्देशन दिनुभयो ।
‘संविधान र व्यवस्था जोगाउनका लागि सत्ता गठबन्धन भित्रका दलविच भएको सहमती अनुरुप जिल्लाका पनि हामीले अक्षेरस पालना गर्नुपर्छ, ‘लेखकले भने, ‘त्यही भएर क्षेत्र ३ संघमा म आफै रमेश लेखक, (क)मा टेकेन्द्र भट्ट र (ख)मा बेल बहादुर रानालाई जिताउनुको विकल्प छैन ।’
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३(क) प्रदेश सभाका उम्मेदवार, संविधान सभा सदस्य समेत रहेका माओवादी केन्द्रीय सदस्य टेकेन्द्र प्रशाद भट्टले समेत संविधानको रक्षा, व्यवस्था जोगाउँदै मुलुक सम्बृद्धिका लागि गठबन्धनको आवश्यकता अनुरुप वर्तमान राजनीतिक समिकरण बनेकाले सोही अनुरुप दुवै पार्टीका नेता कार्यकर्ताहरुले एक अर्काका उम्मेदवार भनेर हिचिकिच्याउन नहुने बताएका छन । प्रदेश सभा सदस्यका उम्मेदवार भट्टले समेत केन्द्रमा भएको सहमती अनुरुप क्षेत्र ३ संघ तर्फ र ३(ख)मा सबै माओवादी नेता कार्यकर्ताहरुले एक ढिक्का भएर बाम लोकतान्त्रिक उम्मेदवार रमेश लेखक र बेल बहादुर राना जिताउन आब्हान, निर्देशन गर्दै आएका छन । बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले विगतमा ०७४मा माओवादी–एमालेविच पनि बाम गठबन्धन हुँदा दुवै पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर बाम गठबन्धकै उम्मेदवार जिताएका थिए, अहिले पनि बाम लोकतान्त्रिक गठबन्धन भएकाले बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताले एक ढिक्का भएर आफ्ना उम्मेदवार जिताउने विश्वास व्यक्त गर्दै चुनावमा खटिएका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन क्षेत्र ३ का सबै वडा, टोल बस्तीहरुमा (काँग्रेस–माओवादी) नेता कार्यकर्ता खटिएका छन ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?