‘१८ वर्षसम्म के–के गर्न भो भन्दैँ स्थानीयले प्रश्न गरेपछि जवाफ नदिई फर्किए कांग्रेश नेता लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखक मतदाताको प्रश्नको घेराबन्दीमा पर्न थालेका छन् । १८ वर्षसम्म कञ्चनपुर ३ बाट सासंद बन्दैँ आएका लेखक फेरी भोट माग्न आएपछि मतदाताले प्रश्न गर्न थालेका हुन् ।
शनिबार भीमदत्त नगरपालिका १५ कालिका टोल पुगेका लेखकलाई १८ वर्षसम्म के गर्नु भो भन्दै प्रश्न गरेका हुन् । स्थानीयले १८ वर्ष सांसद हुदैँ मन्त्री समेत बनेका लेखकले टोलको विकासका कुनै काम नगरेको भन्दैँ स्थानीय आक्रोशित बनेका हुन् ।
स्थानीय राम सिंह घरेडीले लेखकलाई टोलको विकासका लागि के काम गर्न भो भन्दैँ प्रश्न गरेपछि उनि जवाफ नदिई फर्केको बताए ।
हिजो टोल भेला गरेर रमेख लेखक भोट माग्न आउनु भयो, अहिलेसम्म यहाँका जनताको लागि के गर्नु भो भन्दा उहाँ प्रश्नको जवाफ नदिई जानु भयो । स्थानीय घरेडीले भने उहाँले हाम्रो टोलका लागि कुुनै काम गर्नु भएको छैन्,प्रश्न गरेपछि तपाईलाई पछि भेट्छु भनेर जानु भएको छ । १८ वर्ष सांसद हुदैँ मन्त्री बनेकाले लेखकले स्थानीय विकास र जनजिविकाको सवालमा काम गर्न नसकेको आरोप छ । कांग्रेस नेता लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले नेतृ निरु पालसँग मुख्य चुनावी प्रतिस्पर्धा छन् ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?