‘१८ वर्षसम्म के–के गर्न भो भन्दैँ स्थानीयले प्रश्न गरेपछि जवाफ नदिई फर्किए कांग्रेश नेता लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखक मतदाताको प्रश्नको घेराबन्दीमा पर्न थालेका छन् । १८ वर्षसम्म कञ्चनपुर ३ बाट सासंद बन्दैँ आएका लेखक फेरी भोट माग्न आएपछि मतदाताले प्रश्न गर्न थालेका हुन् ।
शनिबार भीमदत्त नगरपालिका १५ कालिका टोल पुगेका लेखकलाई १८ वर्षसम्म के गर्नु भो भन्दै प्रश्न गरेका हुन् । स्थानीयले १८ वर्ष सांसद हुदैँ मन्त्री समेत बनेका लेखकले टोलको विकासका कुनै काम नगरेको भन्दैँ स्थानीय आक्रोशित बनेका हुन् ।
स्थानीय राम सिंह घरेडीले लेखकलाई टोलको विकासका लागि के काम गर्न भो भन्दैँ प्रश्न गरेपछि उनि जवाफ नदिई फर्केको बताए ।
हिजो टोल भेला गरेर रमेख लेखक भोट माग्न आउनु भयो, अहिलेसम्म यहाँका जनताको लागि के गर्नु भो भन्दा उहाँ प्रश्नको जवाफ नदिई जानु भयो । स्थानीय घरेडीले भने उहाँले हाम्रो टोलका लागि कुुनै काम गर्नु भएको छैन्,प्रश्न गरेपछि तपाईलाई पछि भेट्छु भनेर जानु भएको छ । १८ वर्ष सांसद हुदैँ मन्त्री बनेकाले लेखकले स्थानीय विकास र जनजिविकाको सवालमा काम गर्न नसकेको आरोप छ । कांग्रेस नेता लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले नेतृ निरु पालसँग मुख्य चुनावी प्रतिस्पर्धा छन् ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?