अधिल्लो चुनावमा पुर्वमन्त्री बिना मगरका पाँच प्रतिस्पर्धी नेता अहिले जिताउने अभियानमा

केशव थापा
कञ्चनपुर, १८ कार्तिक
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनबाट होमिएकी प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगरका पाँच प्रतिस्पर्धीसंगै रहेका छन । भने एक उतिबेलाका सहकर्मी अहिले प्रतिस्पर्धी भएका छन । अधिल्लो निर्वाचनमा पुर्वमन्त्री मगरका पाँच प्रतिस्पर्धी नेता अहिले मगरकै साथमा छन ।
०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन (एमाले–माओवादी) बाम गठबन्धन हुँदा बिना मगरसंगै काँग्रेसबाट दिवान सिह विष्ट, राष्ट्रिय जनमोर्चाबाट लोकेन्द्र प्रशाद लम्साल, विवेकशिल साझा पाटीबाट लक्ष्मी नारायण चौधरी, नयाँ शक्ति पाटीबाट अमर सिह विष्ट र संघीय समाजवादी फोरम नेपालबाट मकर सिह थापा प्रतिस्पर्धी थिए । उतिबेलाका चारै प्रतिस्पर्धी विष्टद्वय लम्साल, चौधरी र थापा अहिले सहकर्मी भएका छन ।
उनीहरु पाँचै जना बिना मगर जिताउनका लागि अहोरात्र खटिएका छन । अधिल्लो निर्वाचनमा क्षेत्र १ बाट ९ जना संघतर्फ उम्मेदवार थिए । जसमध्ये अहिले पाँच जना पुर्वमन्त्री मगरकै साथमा छन ।
०७४ का सहकर्मी क्षेत्र १(क) बाट (एमाले–माओवादी) बाम गठबन्धन हुँदा प्रदेश सभाका उम्मेदवार तारालामा तामाङ्ग मात्रै अहिले एमालेबाट प्रतिस्पर्धी भएका छन । ०७० र ०७४ का प्रतिस्पर्धी काँग्रेस नेता अहिले मुख्य सहकर्मी बनेका छन । बाम लोकतान्त्रिक गठबन्धनबाट विष्ट क्षेत्र १(ख) प्रदेश सभा सदस्यका उम्मेदवार हुन । मगरले विष्ट र विष्टले मगर जिताउनका लागि मतदातासंग भोट मागिरहेका छन ।
क्षेत्र १(ख) (बेलौरी–बेलडाँडी)मा विष्टले प्रतिनिधी सभा सदस्यका उम्मेदवार पुर्वमन्त्रीमगर र मगरले संविधान सभा सदस्य विष्टका लागि मत मागिरहेका छन । अधिल्लो प्रतिनिधी सभा सदस्य निर्वाचनमा जनमोर्चाबाट प्रतिस्पर्धी रहेका लोकेन्द्र लम्साल अहिले बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र १ का मुल निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेबारीमा रहेका छन ।
लम्सालले बाम लोमतान्त्रिक गठबन्धन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय दिवान सिह विष्ट र बन्धु राना जिाउनका लागि अहोरात्र खटिएका छन । ‘उतिबेला हामी अलग अलग पार्टीमा थिए, ‘लम्सालले भने, ‘अहिले हाम्रो पार्टी र माओवादीविच एकीकरण भएर हामी सबै एकै पार्टीमा छौँ, मलाई क्षेत्रकै निर्वाचन परिचालन समितिको जिम्मेबारी पनि छ त्यसैले अहिले म बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन चुनावमा अहोरात्र खटिएको छु ।’
उतिबेला नयाँ शक्ति नेपालबाट क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार अमर सिह विष्ट अहिले नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन । उनले पार्टीको निर्देशन अनुरुप लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि आफु अहोरात्र खटिएको बताए । ‘उतिबेला उस्तै परिस्थिति थियो, ‘हामी प्रतिस्पर्धी थियौँ, ‘उनले भने, ‘अहिले पछिल्लो विकसित राजनीतिक परिस्थितिले सहकर्मी भई निर्वाचन जिताउन हिडेका छौँ ।’ विवेकशिल साझा पाटीबाट उतिबेला बिनाका प्रतिस्पर्धी अहिले बाम लोकतान्त्रिक गठबन्धन प्रदेश परिचालन समितिको सदस्यमा लक्ष्मी नारायण चौधरी र संघीय समाजवादी फोरम नेपालबाट मकर सिह थापा उतिबेलाका प्रतिस्पर्धी अहिले बाम लोकतान्त्रिक गठबन्धन क्षेत्रीय परिचालन समितिको सदस्यमा रहेर चुनाव संघारमा होमिएका छन । पुर्वमन्त्री मगरका उतिबेलाका पाँच पाँच प्रतिस्पर्धी अहिले मगरसंगै रहेपछि बिना मगर गठबन्धन भएको अवस्था बलियो हुँदै आएकी छिन । अधिल्लो निर्वाचनमा मगर दोब्बर मतले निर्वाजित भएकी थिईन । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काँग्रेस १८ हजार ६६३, एमाले १८ हजार, ५९९, माओवादी १५ हजार ८६१, समाजवादी ३ हजार ४९८ , राप्रपा २ हजार १सय र अन्य ४ हजार ६० मत पाएका थिए । स्थानीय तहको मतका आधारमा अहिले क्षेत्र १मा गठबन्धन बलियो देखिएको छ ।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?