कञ्चनपुर क्षेत्र ३ लोकतान्त्रिक बाम गठबन्धनको चुनावी घोषणा पत्र त्रिदेशीय नाका विस्तारदेखि विमानस्थल निर्माण शुचारु गराउने

कञ्चनपुर, १६ कार्तिक
लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर ३ ले चुनावी प्रतिबद्धता पत्र घोषणा गरेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ३ ले चुनावी प्रतिबद्धता पत्र घोषणा गरेको हो । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट क्षेत्र ३ का प्रतिनिधी सभा सदस्य रमेश लेखक, प्रदेश सभा सदस्यद्वय टेकेन्द्र प्रशाद भट्ट र बेल बहादुर रानाले चुनावी प्रतिबद्धता पत्र घोषणा गरेका छन ।
सत्ता गठबन्धनका उम्मेदवार त्रयले ल्याएको २० बुँदे घोषणा पत्र अनुसार कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तार गर्दै दक्षिणमा भारत र उत्तरमा चीनसंग जोड्ने, बन्द रहेको मझगाँउ विमानस्थलको स्तरोन्नती कार्य अघि बढाएर समयमै हवाई सेवा संचालन गराउने प्रतिबद्धता जाहेर गरिएको छ । महाकाली करिडोर निर्माण दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण एव भारतसंगको कनेक्टिभीटीलाई विस्तार गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।
कञ्चनपुुलाई नेपाल भारत र चीनको त्रिदेशीय नाकाकै रुपमा विकसित गरी यस क्षेत्रलाई ब्यापारिक एव धार्मिक पर्यटकीय क्षेत्र बनाई सम्बृद्धि जिल्ला बनाउने, जिल्लाको उत्तरी भेग बम्ह्रदेबदेखि महाकाली नदी किनारै किनार दार्चुलासम्म महाकाली करिडोर विस्तार गर्ने, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने, महाकाली नदीमा निर्माण भएको चार लेन पुललाई सननिकट रहेको भारतीय शहरसंग जोडी(कनेक्टिीभिटी) नेपाल–भारतको यातायात र व्यापारिक क्षेत्र विस्तार गर्ने एजेण्डा अघि सारिएको छ ।
शिक्षा तर्फ, स्वास्थ्य खानेपानी, कृषि, सिँचाई, भूमि व्यवस्थापन, वाढी नियन्त्रण तथा चुरे संरक्षण, विद्युत बन्यजन्तुबाट हुने बालीनाली नोक्सानी, पर्यटन प्रर्बद्धन, सडक यातायात विस्तार, युवा लक्षित कार्यक्रम खेलकुद विकास, संसद अवास कार्यक्रमलाई निरन्तरता दिनेदेखि खाद्य गुणस्तरिका कार्यक्रम विस्तार गरिने प्रतिबद्धता जाहेर गरिएको छ । लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र ३का नेता एव नेपाली काँग्रेस कञ्चनपुरका नेता ईश्वरी प्रशाद जोशीले सक्नेजती प्रतिबद्धता पत्रमा उल्लेख गरिएको बताए । ‘हाम्रो पार्टी र बाम लोकतान्त्रिक गठबन्धनले सक्ने कार्यक्रम प्रतिबद्धता पत्रमा ल्याएका छौँ, ‘उनले भने, ‘हामीले प्रतिबद्धता गरेर अनुरुप अक्षेरस कामकाज अघि बढाएर जनतालाई विकास दिन्छौँ ।’ बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर माओवादी केन्द्रका नेतृ माया नेगीले गठबन्धनबाट आएको चुनावी प्रतिबद्धता अनुरुप संयुक्त रुपमा योजना सम्पन्न गराउने बताईन । ‘हामीले ल्याएका प्रतिबद्धता कार्यान्वयन गछौँ, ‘उनले भने, ‘कम प्रतिबद्धता बढि काम गछौँ ।’
लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारलाई मतदान किन ?
त्रिदेशीय नाका, महाकाली करिडोर, सुख्खा बन्दरगाह तथा भारतको पश्चिमि नाकासंग कनेक्टीभिटीः
कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाकोरुपमा बिकास गरी यस क्षेत्रलाई ब्यापारिक एबम् धार्मिक पर्यटकीय क्षेत्र बनाई समृद्ध कञ्चनपुर बनाउने, माहाकाली करीडोर निर्माण गर्ने, दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसको पालामा सुरुवात गरिएको सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न गर्ने, महाकाली नदीमा निर्माण भएको ४ लेन पुललाई सन्ननिकट रहेको भारतीय शहरसंग जोडी ९कनेक्टभिटी० नेपाल भारतको यातायात र ब्यापारिक क्षेत्रसम्म बिस्तार गर्ने,
शिक्षाः
सुदूरपश्चिम विश्वबिद्यालय अन्तर्गत चिकित्सा स्वाथ्य संकाय ९मेडिकल फेकेल्टी० थप गरिने तथा आयुर्वेद तथा जडिबुटी अध्ययन केन्द्र स्थापना गरिने छ साथै सुदूरपश्चिम अन्तरगत रहेका क्याम्पसहरुलाई सु।प। विश्वबिद्यालयको सम्बन्धन उपलब्ध गराई आंगिक क्याम्पसको रुपमा बिकास गरिने छ र सामुदायिक बिद्यालयहरुको आवश्यक्ता अनुसार स्तरोन्नती गरिने छ,
दोधारा चाँदनीमा बहुप्राविधिक शिक्षालय स्थापना गरि सञ्चालन गरिने छ,
स्वास्थ्यः
महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नती तथा सर्पदंश ऊपचार केन्द्र स्थापना गरिने छ, दोधारा चाँदनी स्वास्थ्य केन्द्रको स्तरोन्नती तथा सर्पदंश ऊपचार केन्द्र स्थापना गरिने छ, प्रथमिक स्वास्थ्य केन्द्रहरु, शहरी स्वास्थ्य केन्द्रहरु तथा स्वास्थ्य चौकीहरुको
स्तरोन्नती गरिने छ, खानेपानीः
हरेक नागरीकलाई ५ वर्ष भित्र शुद्ध खानेपानी उपलब्ध गराउन ओभरहेड टेंक निर्माण गरिनेछ,

कृषिः
मल बिउबिजन समयमै उपलब्ध गराईने छ, ब्याबसायिक कृषि बिकासका लागि नेपाली काँग्रेसका पालादेखी अघि बाढाइएका आधुनिक कृषि योजनाहरुलाई निरन्तरता दिइ युवाहरुलाई आकर्षित गर्ने, किसान बर्गीकरण ९साना, मझौला र ठुला०, कृषक परिचयपत्र, कृषक
पेन्सन कार्यक्रम लागु गरिने छ ।
सिंचाई
महाकाली सिंचाई आयोजना तेश्रो चरण ९भिनपा १०, ९, ८, ७, ६, ३, १, बेदकोट ८, ७, ६, ४ र दोधारा चाँदनी नपा० लाई राष्ट्रिय गौरब योजनाकोरुपमा प्राथमिकता दिई समयमा सम्पन्न गरिने छ र एकिकृत कृषि परियोजना सञ्चालन गरिनेछ, महाकाली सिंचाई प्रथम चरण अन्तर्गत निर्मित भौतिक संरचनाहरु ९जो हाल जिर्ण अवस्थामा रहेका छन० लाई पुनरनिर्माण र स्तरोन्नति गरिने छ, नहरबाट सिंचाई नलाग्ने क्षेत्रमा भूमिगतजल बाट सिचाई सुबिधा उपलब्ध गराइने छ
भूमि ब्यबस्थापनः
भूमिहीनहरुको स्वामित्व सहित बसोबासको ब्यबस्था गर्ने र अब्यबस्थित बसोबासीहरुको जग्गा नापजाँच गरी जग्गाधनी लालपूर्जा उपलब्ध गराई
स्वामित्व कायम गर्ने कार्यलाई निरन्तरता दिईने छ, बाढी नियन्त्रण तथा चुरे संरक्षणमाः । महाकाली नदी, जोगबुढा नदी, चौधर नदी, गहताडी खोला, खन्ने खोला, कामिकाटे खोला, तिलौते खोला र भासी खोला लगायतका खोलाहरुको बाढीबाट कटान तथा डुवान नियन्त्रणका लागी गुरुयोजना निर्माणको
कार्यलाई अघि बढाईने छ । साथै चूरे संरक्षणमा जोड दिईने छ ।
बिधुतः
बिधुत नपुगेको क्षेत्रहरुमा बिधुत लाईन बिस्तार गर्ने, । बिधुत उपलब्ध भएको तर भोल्टेज कम भएका क्षेत्रहरुमा आवश्यक्ता
अनुसार क्षमता अभिबृद्दी गरिने, बन्यजन्त

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?