प्रदेश सभा स्वतन्त्र उम्मेदवार जोशीको वार्ड सम्पर्क कर्यालय स्थापना

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१)का स्वतन्त्र उम्मेदवार पिताम्बर जोशी यति बेला चुनावी प्रचारप्रसारमा ब्यस्त छ्न । उनले भिमदत्त नगरपालिका वडा नम्बर ९ मटैनामा वडा सम्पर्क कार्यालय को स्थापना गरेका छन । बुधबार एक कार्यक्रम गर्दै वडामा चुनावी प्रचारप्रसार का लागि “स्वतन्त्रको आवाज समृद्ध गाउँ र समाज” भन्ने मुल नारा सहित सम्पर्क कार्यालय स्थापना गरेका हुन । उक्त कार्यालय आगामी मंसिर ४ सम्म सुचारू हुने छ । कस्ता छन् एजेण्डा किन दिने पिताम्बर्लाइ भोट

जोशीले रोजगारी सृजना, विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन क्षमता अनुसारको रोजगारी (एक घर एक रोजगार) लाई प्रमुख एजेण्डा बनाएका छन्।

‘आफू निर्वाचित भएमा एक घर एक रोजगारको अवधारणा अनुसार स्थानीय स्तरमै क्षमता अनुसारको रोजगारी दिन्छु,’ उनले भने, ‘कञ्चनपुरमा आधुनिक विकासको मोडल तयार गरिनेछ, ग्रामीण क्षेत्रमा क्रमागत रुपमा पक्की सडक निर्माण गर्नेछु।’

स्थानीय उत्पादनसंग जोडिएको पर्यटन विकास, व्यवस्थित ग्रामिण विद्युतिकरणमा पूर्णता, जेष्ठ नागरिकहरुको सम्मानजनक सामाजिक सहजीकरण, स्थानीय स्तरमा व्यवसायको प्रवद्र्धन तथा विकासमा जोड दिने उनले बताए।

‘भष्ट्राचार रहित स्वच्छ, सकारात्मक, विकासशील समाज निर्माण गर्ने मेरो प्रतिबद्धता छ,’ उनले भने। प्रदेशसभा (१)मा निशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाइँको सुविधा पुगाउने उनको भनाई छ।

ताजा खबर

भीमदत्त–८ मा निःशुल्क आँखा शिविर, ४ सय ४४ जनाले लिए सेवा

कञ्चनपुर ३० जेठ विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति...

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?