अछाममा भीम रावलले सत्तागठबन्धनलाई सहयोग गर्नुहुन्छ : मन्त्रीकुँवर

२०७९ कात्तिक २ गते
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेकपाएमालेका नेताभीम रावलले सत्तागठबन्धनकाउम्मेदवारलाई सहयोग गर्ने बताएकाछन् । मन्त्रीकुँवरले मंगलबार संवादडबलीले आयोजना गरेको बोल्दै मन्त्रीकुँवरले भीम रावल राष्ट्रियव्यक्तित्वभएको र उनकाअभिव्यक्तिले लोकतन्त्र र राष्ट्रियताको रक्षागर्न सहयोग पुग्ने बताए ।
“भीम रावललाई राष्ट्रिय नेताहो, उहाँअछामीजनताको अभिभावपनिहो, अछामीजनताले रोजेका र जनताको हितमाकामगर्ने उम्मेदवार बनाएकोले उहाँले हामीलाई सहयोग गर्नुहुन्छ”मन्त्रीकुँवरले भने । उनले लोकतन्त्र र संविधान रक्षाको लागिगठबन्धनबनेकाले रावललगायतअछामको बौद्धिक समुदायले गठबन्धनलाई साथदिने विश्वास व्यक्त समेत गरे । उनले एमालेले रावलमाथिन्यायनगरेको समेत बताए ।
सत्तागठबन्धनको तर्फबाटअछाम क्षेत्र नं. १ बाटप्रतिनिधिसभा सदस्यउम्मेदवार रहेकामन्त्रीकुँवरले आफूले कुटो, कोदाली, बाख्राचलाउनेदेखि संविधान लेखन, राष्ट्रियसभामा रहेर देश र राष्ट्रियताको विषयमाआवाजउठाएको अछामीजनताले बुझेको बताए ।सेतीलोकमार्गजस्ताविकासकाअधुरा योजना पूरा गर्न र जनताका समस्या समाधानसँगै लोकतन्त्र र संविधानको रक्षाको लागिआफूले गठबन्धनको तर्फबाटउम्मेदवारी दिएकोले जित सुनिश्चितजस्तै भएको कुँवरले दाबी गरे ।
नेकपाएकीकृत समाजवादीको नेता समेत रहेकामन्त्रीकुँवरले आफूले मन्त्रालयको जिम्मेवारी समालेको चार महिनामाश्रमिकसँगश्रममन्त्री, सामाजिक सुरक्षाकोषलाई श्रमिकको पक्षमाउपयोग, नयाँश्रम गन्तव्यको खोजी, सीपलाई श्रमसँगजोड्नेलगायतकाकार्यक्रमलागु गरेको जानकारी समेत दिए । उनले बेलायत, जर्मनी, हंगरीजस्ता देशमाश्रम सम्झौता गरेको समेत बताए ।
त्यसैगरी कार्यक्रममा सोहीनिर्वाचन क्षेत्र अन्तरगतप्रदेशसभा (क) काउम्मेदवार मेघराजखड्काले देशको आवश्यकताकाकारणगठबन्धनबनेको बताउँदै आफूहरु प्रतिवद्धभएको बताए । उनले गठबन्धनकाउम्मेदवारलाई जिताएर प्रदेश र संघको सरकार बनाएर लोकतन्त्र र संविधान रक्षागर्ने बताए । सुदूरपश्चिमप्राकृति साधान र स्रोतको प्रयोग गरी खड्काले धनीप्रदेश बनाएर जनताको जीवनमा समृद्धिल्याउनपनिगठबन्धनकाउम्मेदवारको जीतआवश्यक रहेको बताए ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?