अछाममा भीम रावलले सत्तागठबन्धनलाई सहयोग गर्नुहुन्छ : मन्त्रीकुँवर

२०७९ कात्तिक २ गते
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेकपाएमालेका नेताभीम रावलले सत्तागठबन्धनकाउम्मेदवारलाई सहयोग गर्ने बताएकाछन् । मन्त्रीकुँवरले मंगलबार संवादडबलीले आयोजना गरेको बोल्दै मन्त्रीकुँवरले भीम रावल राष्ट्रियव्यक्तित्वभएको र उनकाअभिव्यक्तिले लोकतन्त्र र राष्ट्रियताको रक्षागर्न सहयोग पुग्ने बताए ।
“भीम रावललाई राष्ट्रिय नेताहो, उहाँअछामीजनताको अभिभावपनिहो, अछामीजनताले रोजेका र जनताको हितमाकामगर्ने उम्मेदवार बनाएकोले उहाँले हामीलाई सहयोग गर्नुहुन्छ”मन्त्रीकुँवरले भने । उनले लोकतन्त्र र संविधान रक्षाको लागिगठबन्धनबनेकाले रावललगायतअछामको बौद्धिक समुदायले गठबन्धनलाई साथदिने विश्वास व्यक्त समेत गरे । उनले एमालेले रावलमाथिन्यायनगरेको समेत बताए ।
सत्तागठबन्धनको तर्फबाटअछाम क्षेत्र नं. १ बाटप्रतिनिधिसभा सदस्यउम्मेदवार रहेकामन्त्रीकुँवरले आफूले कुटो, कोदाली, बाख्राचलाउनेदेखि संविधान लेखन, राष्ट्रियसभामा रहेर देश र राष्ट्रियताको विषयमाआवाजउठाएको अछामीजनताले बुझेको बताए ।सेतीलोकमार्गजस्ताविकासकाअधुरा योजना पूरा गर्न र जनताका समस्या समाधानसँगै लोकतन्त्र र संविधानको रक्षाको लागिआफूले गठबन्धनको तर्फबाटउम्मेदवारी दिएकोले जित सुनिश्चितजस्तै भएको कुँवरले दाबी गरे ।
नेकपाएकीकृत समाजवादीको नेता समेत रहेकामन्त्रीकुँवरले आफूले मन्त्रालयको जिम्मेवारी समालेको चार महिनामाश्रमिकसँगश्रममन्त्री, सामाजिक सुरक्षाकोषलाई श्रमिकको पक्षमाउपयोग, नयाँश्रम गन्तव्यको खोजी, सीपलाई श्रमसँगजोड्नेलगायतकाकार्यक्रमलागु गरेको जानकारी समेत दिए । उनले बेलायत, जर्मनी, हंगरीजस्ता देशमाश्रम सम्झौता गरेको समेत बताए ।
त्यसैगरी कार्यक्रममा सोहीनिर्वाचन क्षेत्र अन्तरगतप्रदेशसभा (क) काउम्मेदवार मेघराजखड्काले देशको आवश्यकताकाकारणगठबन्धनबनेको बताउँदै आफूहरु प्रतिवद्धभएको बताए । उनले गठबन्धनकाउम्मेदवारलाई जिताएर प्रदेश र संघको सरकार बनाएर लोकतन्त्र र संविधान रक्षागर्ने बताए । सुदूरपश्चिमप्राकृति साधान र स्रोतको प्रयोग गरी खड्काले धनीप्रदेश बनाएर जनताको जीवनमा समृद्धिल्याउनपनिगठबन्धनकाउम्मेदवारको जीतआवश्यक रहेको बताए ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?