बैतडीका ३१ मतदानस्थल अति संवदेनशीलको सूचीमा

बैतडी । बैतडीका १२९ मतदानस्थल मध्ये ३१ ओटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशीलको सूचीमा रहेका उनले बताए ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण समेत गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भईरहेको उनले बताए । जिल्लाका १० ओटा स्थानीय तहमध्ये सिगास गाउँपालिका बाहेकका सबै ठाउँमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । विगतको निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको सूचना अधिकारी भारतीले बताए ।

उनले भने ‘हामीले मतदानस्थलको संवेदनशीलता हेरेर सुरक्षा योजना बनाईरहेका छौं । त्यही अनुसार सुरक्षा निकाय परिचालन हुनेछन् ।’ मतदान केन्द्र , मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको सूचना अधिकारी भारतीले बताए । सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको काम समेत भईरहेको उनले दाबी गरे ।
१० ओटा स्थानीय तह रहेको बैतडीमा २ सय १० ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ५० हजार १५६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?