अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

साउन २०, धनगढी । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताए ।

नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो ।

ताजा खबर

शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार । नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय...

सडक विभागका सहसचिव खत्रीको यस्तो दावि महाकाली पुलको पुरानो डिजायन फेल भयो, नयाँ मैले ल्याएको हुँ

कञ्चनपुर, २ असार  गत बर्ष वाढीले भत्काएको महाकाली चारलेनको गाईडबण्ड...

लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा लक्ष्मी मावि बागफाँटा प्रथम 

शुनिल राना, कञ्चनपुर १ असार  लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव...

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?