कृषिलाई आधुनिकीकरण तर्फ लैजादै युवा हरुलाई रोजगारीको अवशर प्रदान गर्ने कुमालको योजना

महाकाली पारीको गाँउ भनेर चिनिने कञ्चनपुरको दोधारा चादनीको नगरपालिकाको नगर प्रमुखमा एउटा समाजसेवी व्यक्ती भीम कुमालको चर्चा चलेको छ । जहा विपत आउछ त्याहा सहजै पुग्ने कुमाल ठुला राजनीतक दलहरु संग स्वतन्त्र रुपमा चुनावि मैदानमा होमिएका छन ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस नगरपालिकामा यस पालि स्वतन्त्र उमेदवारहरुले दश वटै वडामा कुमालको नेतृत्वमा उमेदवारी दिएका छन । विषेस गरि बाढी र डुवानका समसया, तटवन्ध निर्माण लगायतका एजेन्डाहरु लिएर चुनावमा होमिएका छन । कोरोना महामारकिा वेला र महाकाली नदीको बाढीले दोधारा बाशी जनता पिडित भएको वेला उनीहरुको लागी खाना र औषधी समेत व्यक्तीगत लगानीमा वितरण गरेका समाजसवी कुमाललाई दोधाराका जनतको ठुलो सपोट रहेको छ ।
राज्यबाट कुनै सेवा सुविधा नलिने प्रतिवद्धताका साथ निर्वाचनमा होमिएका कुमालले युवाहरुका लागी विषेस पहल गर्ने एजेनडा वनाएका छन । वेरोजगारि समस्या समाधान गर्न कृषिलाई आधुनिकीकरण तर्फ लैजाने, छाडा चौपायाको समस्या समाधान गर्दै यसको व्यवस्थापन संगै रोजगारी श्रृजनागर्ने एजेन्डा लिएका छन । किसानहरु लाई समयमा मल खाद तथा विँउविजन उपलव्ध गराउने र खुला सिमाना बाट नेपाल आउने विषदी युक्त खाद्य वस्तु नियन्त्रणको समेत पहल गर्ने योजना वनाएका छन ।
उसो त नेपाली कांग्रेसका वलिया नेता पुर्व मन्त्री रमेश लेखक समेत नेपाली कांग्रस लाई जिताउन घरदैलो अभियान लाई तिव्र रुपमा अघि बढाई रहेका छन यद्धपी आफुलार्ई जनताको ठुलो समर्थन रहेको कुमालको दावी रहेको छ ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?