भीमदत्त नगरपालिका नेकपा एमालेको प्रतिवद्धता सार्वजनिक

आसन्न स्थानीय तहको निर्वाचनका लागीे भीमदत्त नगरपालिका नेकपा एमालेले आफ्नो चुनावि प्रतिवद्धता सार्वजनिक गरेको छ । सुविधा सम्पन्न गाँउ र आधुनिक नगर बनाउने लक्ष्य सहितको भीमदत्तको चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
नगरको समृद्धी र नगरपालकाले शुरु गरेका कामहरु लाई निरन्तरता दिने प्रतिवद्धताका साथ कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेकपा एमालेले आफ्ना चुनावि एजेन्डाहरु सार्वजनीक गरेको हो । आईतवार नेकपा एमाले पार्टीकार्यालयमा पार्टीको घोषणा पत्र सार्वजनीक कार्यक्रममा बोल्दै नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्टले नगरमा अव पुर्वाधारमा मात्र होईन रोजगारी श्रृजना गर्ने उद्देश्यले नेकपा एमालेको सरकारले काम गर्ने भन्दै निर्मला पन्तको हत्यारा सार्वजनीक गरेर भीमदत्तबाशिलाई लागेको कलंकको दाग मेटाउन सम्पुण पार्टी एकजुट भएर लाग्ने बताउनु भयो । उक्त प्रतिवद्धता पत्रमा भीमदत्त नगरपालिकामा एमाले नेतृत्वको सरकारले अघि बढाएका कामलाई निरन्तरता दिइएको छ । त्यस बाहेक एमालेले केही थप कार्यक्रममा पनि प्रतिवद्धतामा समावेश गरेको छ । शैक्षिक बेरोजगारीलाई मध्यनजर गर्दै पढ्दै कमाउदै प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने कला संस्कृति संरक्षण, ¥याफ्टिङ्ग, होमस्टे, शुक्लापर्यटन प्रवद्र्धन, सबैका लागि गुणस्तरीय तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य बीमा, खानेपानी सरसफाई र स्वच्छ सफा नगर, नगरका सबै चोकमा स्मार्ट लाइट जडान, भ्रष्ट्राचार मुक्त नगरपालिका तथा जनमुखी प्रशासन बनाउने एजेण्डा पनि एमालेको प्रतिवद्धता समावेश गरिएको छ ।
एमालेको मूल निर्वाचन परिचालन समितिले भीमदत्तको मेयरका उम्मेदवार महेश पन्त र उप मेयरका उम्मेदवार भुवन कुँबर सहितको उपस्थितिमा प्रतिवद्धता सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फ बाट भीमदत्त नगरपालिकाका नगरप्रमुखका उमेदवार महेश पन्तले समस्या परेको बेला भाग्ने र सहज भएको बेला राजनीति गर्ने कुरा राम्र नभएको भन्दै आफुले हारे पनी जिते पनी पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिपद्धता व्यक्त गर्नु भएको थियो ।
यसै गरि नेकपा एमालेको तर्फ बाट भीमदत्त नगरपालिकाका नगर उपप्रमुखका उमेदवार भुवन केसी कुवरले आफुले लामो समय सामाजिक क्षेत्रमा काम गरेको कारण आफ्नो सीप र दक्षता भीमदत्त नगरपालिको समृद्धीको लागी खर्च गर्ने वताउनु भयो ।
एमाले नेृतृत्वको स्थानीय सरकारले हरियालीयुक्त बस्ती र सुरक्षित आवासको व्यवस्था, कृषि उपजकको बजारिकरणका लागि साप्ताहिक हाट वजार, बहुउद्देश्यीय रंगशाला निर्माण, प्राविधिक शिक्षा कार्यक्रम, सांस्कृति संग्रहालय निर्माण, महाकाली ¥याफटिङ्ग सञ्चालन, विपन्नका लागि निशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य बिमा, कृषि मिटरको विद्युत महसुलमा छुट, ग्याँस आयात घटाउन ईन्डक्सन चुलोमा छुट लगायत नयाँ कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?