जनताको समस्या समाधान गर्ने रेगमीको प्रतिवद्धता

आशन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको बेदकोट नगपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका साझा उमेदवार चुनावी मैदानमा खटिएका छन ।
बेदकोट नगरपालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट नगरप्रमुखमा युवा नेता रामचन्द्र रेग्मी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी युवा नेतृ हिरा जैसी सहित १० वटै वडाका वडाअध्यक्ष र सदस्य संयुक्त रुपमा चुनावी मैदानमा उत्रीएका छन । माओवादी र समाजवादीका उम्मेदवार आफ्नो एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन । बाम गठबन्धनका तर्फबाट बेदकोट नगरपालिकाका उमेदवार रामचन्द्र रेग्मी जिल्लामा राजनीतिमा सकृय युवाका रुपमा परिचित छन । बेदकोट नगरपालिका १ चम्पापुर निवासी रेग्मी झण्डै अढाई दशकदेखि राजनीतिक यात्रामा लागिरहेका छन ।
२०५५ सालमा अध्ययनको क्रममा दैजी स्थित शारदा मावि बाट विद्यार्थी राजनीतिमा होमिएका रेग्मीले तत्कालिन एमाले निकट विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गरेका थिए । शारदा माविमा एसएलसी अध्ययन सकेर उच्च शिक्षाका लागि तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा पुगेका रेग्मीर्ले २०५७ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता पाएका थिए ।
२०७५ सालमा एमाले जिल्ला सदस्य हुँदै २०७८ सालमा सचिवालय सदस्य भएका थिए । अहिले एमालेबाट रेग्मी सहित ७ सय संगठित सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भए संगै नगरको नेतृत्वका लागी उनी फिल्डमा छन । युवा सगंठनको केन्द्रीय तहको जिम्मेबारी समेत सम्हालीसकेका रेग्मी हाल नेकपा एकीकृकत समाजवादी कञ्चनपुरको सचिवालय सदस्य हुन । राजनीतिक रुपमा परिचित रेग्मी समाजिक क्षेत्रमा समेत उत्तिकै सकृय छन । कञ्चनपुर होटल व्यवसायी संघ र बेदकोट उद्योग वाणिज्य संघको महासचिव समेत रहेका रेग्मीले बेदकोट सहित कञ्चनपुरको पर्यापर्यटन, धार्मिक, साँस्कृतिक एव औद्योगिक बृद्धि विकासका लागि योगदान पु¥याएका छन ।
२०७५ सालमा तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्ड बिरुद्धमा सशक्त आन्दोलनका लागि युवाको नेतृत्व गरेका रेग्मीले सरकारी सम्पत्ती कौडीको भाउमा बिक्रि वितरण गरेर सरकारी जमिन दोहन गर्नेमाथि कार्बाहीको माग अघि सारेर आन्दोलन चलाएका थिए । उतिबेला स्थानीय स्तरबाट युवा विद्यार्थीको आन्दोलनका कारण हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सयौँ व्यक्तिका नाममा नगरविकासको जग्गा घोटाला विरुद्ध मुद्दा िअदालतमा मुद्दा चलाएको छ ।
वेदकोट नगरपालिकाका मेयरका रुपमा अघि सारिएका रेग्मीले बेदकोट नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने घोषणा गरेका छन । उनले तत्कालिन नगरपालिका प्रमुख अशोक कुमार चन्दले विकास निर्माणका कामहरु लाई निरन्तरता दिने र अधुरा कामहरु लाई निरन्तरता दिने योजना अघि सारेका छन । ‘हाम्रो नगरपालिकामा रहेका थुप्रै कामहरु भएका छन, ‘उनले भने, ‘बाँकी रहेका काम अघि बढाउँछु ।’ आफु बेदकोट उद्योग वाणिज्य संघमा महासचिव हुँदा वा अघि देखि नै छेला औद्योगिक क्षेत्रको विकासका लागि काम गर्दै आएको बताउदै उनले छेला औद्योगिक क्षेत्रलाई अघि बढाएर बेदकोट नगरको बढिरहेका बेरोजगारी समस्या समाधान गर्ने बताएका छन । मुक्त कमैया, हलिया, आरक्षपीडित, भूमिहिन सबैको समस्या रहेको हुदा जमिन भएका तर लालपुर्जा नभएका किसानलाई लालपुर्जा दिने काम अघि बढिरहेको समेत उनले बताएका छन । किसानलाई जमिनको स्वामित्व दिने र नगरका १० वटै वडा जोड्नका लागि रिङ्गरोड, बेरोजगारी समस्या समाधान गर्न छेला औद्योगिक क्षेत्र निर्माण, शिक्षा, स्वास्थ्यका काम अघि बढाउँदै प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्ने बताएका छन । नगरपालिका भरी सबै वडामा स्वच्छ खानेपानी, कृषियोग्य खेती संरक्षणका लागि तटबन्ध, जस्ता कामकाज अघि बढाएको बताए । बेदकोट नगरका सबै यथोचित समस्या समाधान गर्दै दिगो रुपमा नगरलाई सम्बृद्धि बनाएर देशकै नमुना नगरपालिका बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । शुसासन कायम गर्न संस्थागत भ्रष्टाचार रोक्नेदेखि नगरबासी जनताले दिएको मतको दुरुपयोग हुन नदिने समेत उहाले बताउनु भयो । नगरप्रमुखका उमेदवार रेगमीले आफु यहिको वाशिन्दा भएकाले यो ठाँउको सबै समस्या संग परिचित भएको र ति समस्याको एक एक गरि समाधान गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भयो ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?