स्वास्थ्य कार्यालय प्रमुख सुनारले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरका प्रमुख शिबराज सुनारले आर्थिक हिनामिना संगै पदको दुरुपयोग गरेर बिना सुचना कर्मचारी भर्ना गर्ने र सरकारी तलब खुवाउने लगायतका बिभिन्न खालका आर्थिक अनियमितताका काम गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयक कञ्चनपुरमा फागुन १० गते दर्ता भएको दर्ता नंं. २८०३ मा परेको उजुरीमा कार्यालय प्रमुख सुनारले पदको दुरुपयोग गर्दै आर्थिक लाभका कामहरु गरेकोले हदै सम्मको कार्वाहीको काम गरिएको छ । यस पुर्ब पनि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख सुनारको बारेमा बिभिन्न संचार माध्यामहरुमा समाचारहरु प्रकाशित भएको थियो । संचार माध्यममा आएका बिषयबस्तुलाइ समेत आधार मान्दै बिभिन्न कार्वाहीहरु गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कस्तो किसिमको कार्वाही प्रकृया अगाडी बढाउछ त्यो भने हेर्न बाकी छ । जिल्ला स्वास्थ्य कार्यालय श्रोतका अनुसार कार्यालय प्रमुख सुनारले नियम बिपरित कर्मचारी भर्ना गर्ने देखि बिभिन्न कार्यक्रमहरुमा आर्थिक अभियमितता गर्दै आएका छन । फिल्डमा गर्नुपर्ने कतिपय कार्यक्रमहरु कार्यालयमै गरेर तथा फर्जि हाजिरी गराएर रकम निकासा गर्ने गरेका कुराहरु समेत गर्ने गरेको श्रोतको दाबी छ । यस पुर्ब पनि संचार माध्यामहरुका कार्यालय प्रमुख सुनारले गरेको बिभिन्न अनियमितताका बिषयमा प्रमाण सहितका समाचार प्रसारण भएको थियो । आफुलाइ कसैले केही गर्न नसक्ने र अख्तियार सहित सबैलाइ मिलाइसकेको धम्की सुनारले दिने गरेको कार्यालयका एकजना कर्मचारीको भनाइ रहेको छ ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?