स्वास्थ्य कार्यालय प्रमुख सुनारले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरका प्रमुख शिबराज सुनारले आर्थिक हिनामिना संगै पदको दुरुपयोग गरेर बिना सुचना कर्मचारी भर्ना गर्ने र सरकारी तलब खुवाउने लगायतका बिभिन्न खालका आर्थिक अनियमितताका काम गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयक कञ्चनपुरमा फागुन १० गते दर्ता भएको दर्ता नंं. २८०३ मा परेको उजुरीमा कार्यालय प्रमुख सुनारले पदको दुरुपयोग गर्दै आर्थिक लाभका कामहरु गरेकोले हदै सम्मको कार्वाहीको काम गरिएको छ । यस पुर्ब पनि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख सुनारको बारेमा बिभिन्न संचार माध्यामहरुमा समाचारहरु प्रकाशित भएको थियो । संचार माध्यममा आएका बिषयबस्तुलाइ समेत आधार मान्दै बिभिन्न कार्वाहीहरु गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कस्तो किसिमको कार्वाही प्रकृया अगाडी बढाउछ त्यो भने हेर्न बाकी छ । जिल्ला स्वास्थ्य कार्यालय श्रोतका अनुसार कार्यालय प्रमुख सुनारले नियम बिपरित कर्मचारी भर्ना गर्ने देखि बिभिन्न कार्यक्रमहरुमा आर्थिक अभियमितता गर्दै आएका छन । फिल्डमा गर्नुपर्ने कतिपय कार्यक्रमहरु कार्यालयमै गरेर तथा फर्जि हाजिरी गराएर रकम निकासा गर्ने गरेका कुराहरु समेत गर्ने गरेको श्रोतको दाबी छ । यस पुर्ब पनि संचार माध्यामहरुका कार्यालय प्रमुख सुनारले गरेको बिभिन्न अनियमितताका बिषयमा प्रमाण सहितका समाचार प्रसारण भएको थियो । आफुलाइ कसैले केही गर्न नसक्ने र अख्तियार सहित सबैलाइ मिलाइसकेको धम्की सुनारले दिने गरेको कार्यालयका एकजना कर्मचारीको भनाइ रहेको छ ।

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?