बैजनाथ बहुभाषिक लालझाडी ले पायो देसभरिमै उत्कृष्ट इको क्लब को अवार्ड

WWF ले प्रदान गर्ने उत्कृष्ट इको क्लब अवार्ड लालझाडी गाउँपालिका वडा नम्बर ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयले पाएको छ। बाल कक्षा देखि कक्षा आठ सम्म पढाई हुने उक्त विद्यालयको स्तर अहिले जिल्लामै नभई केन्द्रय स्तरमै अग्रणी देखिन थालेको हो।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहराका अनुसार स्थानीय सरकार, शिक्षक ,अभिभावक र विद्यार्थी सबैको लगनशिलता र मेहनत ले सफलता हात परेको हो जानकारी दिनुभयो।
यसैगरी विद्यालयलाई बधाई दिँदै लालझाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्टले अरु विद्यालयहरुले पनि सिक्न आउन मिल्नेगरी शैक्षिक वातावरण तयार गर्न सफल भएको मा बैजनाथ बहुभाषिक विद्यालयप्रति खुसी व्यक्त गर्नुभयो।
यसैबीच गाउँपालिका अध्यक्ष मदन सेन बडायक ले आफूहरुले सोचे अनुसारको प्रतिफल पाइरहेको ले थप प्रेरणा र हौसला मिलिरहेको हुँदा शिक्षाक्षेत्रमा लालझाडी गाउँपालिका ले अझै फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।
सन् १९६७ मा चितवन राष्ट्रिय निकुञ्जमा गैंडा संरक्षण कार्यक्रम को शुरुवात गरेर नेपालमा काम गर्न थालेको संसारकै वातावरण क्षेत्रमा काम गर्ने संस्था WWF ले बैजनाथ बहुभाषिक आधारभूत विद्यालयलाई उत्कृष्ट इको क्लब को लागि छनौट गरेको हो ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?