बैजनाथ माबि सिगलपट्टिमा भब्यताका साथ मनाइयो नारि दिवस

लालझाडी गाउँपालिका वडा नम्बर चार मा पर्ने बैजनाथ माध्यमिक विद्यालय सिगलपट्टि मा नारी दिवस भव्यताका साथ मनाइएको छ। वडा नम्बर चार अन्तरगतका सम्पूर्ण विद्यालयहरुमा कार्यरत महिला कर्मचारि हरु उपस्थित रहेको कार्यक्रममा स्थानिय महिलाहरूको पनि उत्तिकै सहभागिता रहेको थियो।     बैजनाथ माविकी शिक्षिका मैना देवी जोरा को अध्यक्षतामा गरिएको कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशिल समाजसेवी, बुद्धिजीवी ,महिला स्वास्थ्य स्वयंसेविका, जननिर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। मनोरञ्जनात्मक क्षेत्रतर्फ म्यूजिकल चेयर, र डेउडा प्रतियोगिता गरिएको छ।
बिहानको प्रभातफेरी संगै शुरु भएको कार्यक्रम कोणसभामा परिणत भई सडक नाटक समेत प्रदर्शन गरिएको थियो। कार्यक्रमका मूलभूत उद्देश्य हरुमा लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने, बलात्कार जस्ता जगन्य अपराधहरु अन्त्य गर्नुपर्ने, महिला सशक्तीकरणका लागि आवाज उठाउनुपर्ने कुराहरुमा जोड दिएको कार्यक्रम संयोजक लीलावती भट्टराईले जानकारी दिनुभयो लीलावती भट्टले जानकारी दिनुभयो।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?